कवि हाचेकालीकाे अभिमन्यु



Click the link- Naya Online


कवि हाचेकालीकाे अभिमन्यु
नेचुरल्लीदीपक



बुद्धले देखाएकाे निर्वाणकाे मार्ग त्यागेर अाजकाे उत्तर-अाधुनिक युग (मानाै) वास्तवमै अभिमन्यु बनेकाे छ । जीवनकाे एउटा दु:खबाट भागेर अर्काे दु:खकाे कहिल्यै उन्मुक्ति नमिल्ने चक्रव्युहमा फसिरहेकाे देख्छन् अभिमन्यु देख्छन् कवि सुरेश हाचेकाली अाजकाे सभ्यतालाई  ।।
अझै, अाजकाे सभ्य कुरुक्षेत्रमा सुदूर ग्रामिण, असभ्य कहलिएकाे  प्रदेशबाट अशिक्षित कलियुगिन अर्जुनबहादुर र शुभद्रादेविहरु; सपनाहरुकाे चक्रव्युहमय सहर काठमाण्डाैँ खेदिरहन्छन् अद्भूत काल्पनिक अाख्यानहरु सुनउदै अभिमन्युहरुलाई । जहाँ कथाजस्ताे चक्रव्यूह काठमाण्डाैँ र उत्तर अाधुनिक कुरुक्षेत्रकाे विशाल माेहिनिहरुले सदा समाप्त पारिरेछ अमूल्य जीवनका जिजिविषाहरु- भन्छन् कवि अाफ्नाे कृति चक्रव्यूह नगरमा अभिमन्युबबाट ।

याे कृति काठमाण्डाैँकाे ईति फेहरिस्त हाे, र अाजकाे युगकाे अन्याैलग्रस्त अभिमन्युकाे कथा । यी अभिमन्युहरु ब्ल्याक हाेल काठमाण्डाैतिर खिचिन्छन् तर यी यसमा न समाहित हुन सक्छन् न त विजय भएर उल्लासकाे गीत गाउन सक्छन् । यी त यत्रतत्र छरिन्छन् अनि देख्छन् बग्रेल्ती अभिसप्त जीवनहरु । जहाँ जातिय विभेदकाे थेप्चाे र चुच्चाे नाकहरु ( पृ. २५) छन् अनि रबिया मण्डलकाे कालाे मधेशी छालालाई घृणा गरिन्छ (२४) । याे हाँडि काठमाण्डाैँमा (४४) मान्छेकाे मन डढेकाे मकै बनेकाे छ, त्यसैले त बाघ वृद्ध-वृद्धाहरुलाई तिरस्कार गर्छन् अाजका डिजिटल सन्तानहरु । कतै अाजका मान्छे नै ० र १ काे थुप्राे मात्र त हैन ? जताततै रङ्गबदल छेपाराहरुकाे (४०) दलालि, बिकाउ शैक्षिक प्रमाण पत्र र खाँडिमा ऊँट चराउन लालयित अाँखाहरु मात्र देख्छ अभिमन्यु । ऊ अचाडु राज्यसत्ता विरुद्ध लड्ने अहिंसावादी याेद्धा हाे तर नरमेध यज्ञकुण्ड काठमाण्डाैँ यस्ता हजाराैँ याेद्धाहरुलाई निर्लज्ज निलिदिन्छ । ड्याज्लिङ्ग ड्रिम प्राेजेक्ट बाँड्ने याे नेपाल मण्डल हुम्लाकाे फाफर (४१) चिन्दैन र सुन्दै जुम्लाकाे सुत्केरि क्रन्दन (४१) । त्यसैले तमासै तमासाले भरिएकाे याे नेपाल मण्डललाई कलियुगका अभिमन्युहरु काउसाे सिवाय केही मान्दैनन् । किन याे चक्रव्यूह काठमाण्डाै सबै वाद असफल हुने अपवाद बनेकाे (३६) छ ? यसकाे उत्तर सिमान्त मान्छे अभिमन्यु पाउन सक्दैन त्यसैले त ऊ तीरैतीरले घाेचिए पनि मर्दैन । बरु डेड्यालस भएर भर्चुअल पखेटाहरु उमारेर अाफ्नाे जन्मभूमि फर्कने सङ्कल्प गर्छ । याे डेड्यालस सङ्कल्प, याे युगकाे अभिमन्युकाे पतन हाेइन र हुनु पनि हुन्न । हरेक युगमा अभिमन्यु चक्रव्यूहमा छलपूर्वक मारिदैन । ऊ त चक्रव्यूह ताेडेर माेक्षव्यूहतिर लम्किसकेकाे छ अाज ।

याे नेपाल मण्डल सराप्दै किन ऊ सेकेण्ड कमिङ्गकाे प्रतिक्षा गर्छ ? किन ऊ अाफैँ बन्न सक्दैन त्याे मसिह ? अनि ऊ किन अाफ्नै जीवनलाई धिक्कार्दै,अाई हेट द डे अाई वाज बर्न भनि पिराेलिन्छ (३८)? यही जीवनकाे जिजीविषामा, नभुलाैँ कि अाफ्नाै साैर्य र कर्मले कर्ण सर्वश्रेष्ठ बनेका थिए । जसरी बाँझाे भूमिमा सिस्नु उम्रिन्छ अनि मरुभूमिमा सिउँडी बाँचिदिन्छ- अाफ्ना पातहरुलाई तीखा काँडाहरुमा रुपान्तरण गरेर भए पनि । हाे काठमाण्डाैँ निर्दयी हाेला तर नव अभिमन्युकाे थाँतथलाे पनि अझै सामन्ति छ । त्यहाँ अझै जातकाे उँचनिचताकाे घेरा काेरिएकाे छ । अझै मन्दिर प्रवेश निषेध छ उनीहरुलाई, बरु कुकुर निर्बाध शाैच गरेर हिँडिदिन्छ । अाज पनि त्यहाँ नारीलाई चुलाकाे गहनाकाे दर्जा मात्र दिईन्छ अनि रुढी ग्रस्त मगजले धामीकाे रुप धारण गरि अबला वृद्धाहरुकाे मुखमा अाचि काेचिन्छ । किन त्यहा नव अभिमन्युहरु कृष्ण बनेर ताेड्न सक्दैनन् सङ्किर्णताकाे ती चक्रव्यूहहरुलाई ? किन अल्झिन्छन् उनीहरु मञ्जुश्रीले बनाइदिएकाे याे विशाल खाल्डाेमा फेरि भ्यागुता बन्न ? अब बेला भएकाे छ चरा बनेर उडि याे खाल्डे चक्रव्यूह ताेडी अभिमन्युले अाफ्नाे सीमान्त जन्मभूमिकाे अभिसप्तता मेट्ने ताकि फेरिफेरि नयाँ अभिन्युकाे जन्म नहाेस् ।
अन्तत: कवि हाचेकालीकाे अभिमन्यु तिलस्मी काठमाण्डाैँकाे चक्रवयूह ताेडेर माेक्षव्यूहतिर लम्कदै छ । सलाम उसकाे कदमलाई ! तर खबरदार !! अझै एकलब्यकाे बूढीआैँला दक्षिणा माग्ने धूर्त शुक्राचार्यहरु गुरुकाे भेष धारण गरि पर्खिरहेछन् ।
१३. आश्विन. २०७२/ ३०. सेप्टेम्बर. २०१५/ बुधबार 




Comments