भाषा, भाषै हाे


भाषा; भाषै हाे
     
नेचुरल्लिदीपक

धेरै लेखिएका छन् सामान्य बनाईएका मानिसहरुकाे बारेमा साहित्य तर हामीलाई साेच्ने फुर्सद नै छैन कि ती मानिसहरु जसकाे बारेमा लेखिन्छन् उनीहरु अाफैँले चाहिँ कतिकाे पढेका छन् वा पढ्न पाएका छन्? पढेकाे मान्छेकाे त कुरै बुझिन्न, कति उदेक लाग्दाे? पढेकाकाे त झन् सहज हुनु पर्ने हैन भाषा ? अाफूले मात्र बुझ्ने भाषाले त स्याल र कुखुराकाे सम्बाद भैहाल्याे । अब साहित्य ती सारा चाेक र गल्लिहरुमा छरपस्टिनु पर्छअनि मात्र बन्छ सबल हैन भने पढाइ र पुस्तककाे चाैघेरामा खुम्चिएर अाफैँ हराउनेछ । भरियाकाे लेखिएकाे साहित्य भरियाले नै बुझ्न सकेन भने याे लेखिनुकाे सार्थकता के ? साँचै बाैद्धिक भनिएका वर्गहरुकाे लागि मात्र हाे साहित्य ?
नग्नता जस्ताे मीठाे शब्द हुूँदाहुँदै "न्युडिटि"लाई मात्र बाैद्धिकता मानिएकाे देख्दा असह्य हुन्छ, पीर पर्याे भन्ने वाक्य त अब नेपाली शब्दकाेषमा मात्र भेटिन्छ हैन भने जताततै- टेन्सेन, टेन्स्यान, टेन्छ्यान; अादि धुनहरु गुन्जिरहन्छ छहसा र पहराहरुमा पनि । नानू र बाबू भन्न लजाउँछ अाजकाे हाम्राे अधुनिक मगज त्यसैले त "बेबि"काे लेग्राे तनाईले गुन्जिन थालेका छन् हाम्रा अादिम राेँदिहरु । हैन कसले बुझाई देला कि भाषा भावकाे अनुवादकाे माध्यम हाे नकि बाैद्धिकताकाे मापन अाधार । हाे यसैले त हाम्राे अद्भूत मगज अाईएल्टस् (IELTs)  र टाेफलकाे(TOEFL )साँघुराे घेरा नताेडि देखिन्न विकसित शिक्षाका दायराहरुमा । हाे यसैले अाफ्नाे लेखन उत्कृष्ट ददेखाउन "ईराेटिक" शब्द घुसाउन मरिहत्य गर्छाैँ हामी, चाहे अर्थ जे लागाेस् । कसकाे के पाे जान्छ र हाै ?
बालबालिका र युवाहरुकाे सामान्य जीवन यापनकाे भाषाहरुमा साहित्य लेखिन्न किन? मिठाष्ता केवल अप्ठ्यारा शब्दहरुकाे उच्चारणबाट मात्र प्रस्फुटन हुने हाे र ? झ्याउरे भाका रयाप(rap) भन्दा मीठाे हुदैन र ? काेईलीकाे भाषाभन्दा पनि बुझ्नै नसकिने गरि लेखिएका कविता र गाइएका गीतहरुकाे अर्थ कसकाे लागि, के अाफैँ मख्ख परेर नाच्नलाई ? भरियाकाे बारेमा लेखिएकाे कविता उसले बाेल्ने भाषामा लेखिदा के यसले साहित्यकाे ईज्ज स्वहा हुन्छ र? अनेक अागन्तुक विदेशि भाषा लेखिएका साहित्यले हाम्राे जीवनकाे दृश्य कसरि देखाउला । अनि कसले पाे अाफ्नाे सम्झेर पढ्ला? कि अाँफै लेख्याे अाँफै पढ्याे गरेर काग बाेलि गर्नुलाई हाे ?
कसकाे चाहिँ अपमान हुन्छ हाै रामलखनकाे भाषामा, ठूले राई वा मङगली तामाङ्ग र हरिचाकाे बाेलिमा लेखिएका साहित्यहरुले ? कि ब्राह्मण जिब्राे फलाक्ने सँकृत मिश्रित शब्दहरु असल र उम्दा भाषकाे मानक हाे ? अनि के भाषा यी जिब्राेहरुकाे मात्र पेवा हा? हाे भने अाफैँ ढुङ्ग्राे खाँदेर राख अनि गुन्द्रुक बनाऊ ।।
०५. बैशाख. २०७५/ १८. अप्रिल. २०१८/ बुधबाra

Comments