डर

डर
naturallydeepak

युगाैँ युग मानविय चेतनालाई डरले यसरी जखडिदियाे कि भूत, पिचास, बाेक्सि, राजा, रड्क र अनेकाैँ भए भरका उपमा र अाधारहरु स्थापना गर्दै मान्छेले मान्छेकाे नै अमानविय शाेषण र दाेहन गरिरहे । यही डरले नै नारि ऋतु धर्मलाई अझै पापकाे संज्ञा दिईन्छ, जातकाे अाधारमा मानव ठूलाे सानाे हुन्छ अनि मृत्युपछिका डरले जीवनमा हामी अनेकाै मूर्खतापूर्ण कार्यहरु गरिरहन्छन् ।
हाे यही डर हाे जसले हामीलाई दास बनाउँछ । अब के हाेला? कस्ताे हाेलाकाे डरले हामी अरुकाे ईशारामा बाँच्न बाध्य हुन्छाैँ । यदि याे डरकाे परणदा ताेड्न सकिएन भने हामीले सायदै जीवनकाे उज्यालाे देख्न सक्छाैँ र प्राप्त हुन्छ अद्भूत सपनाका मीठाष्ताहरु । यसरी डरकाे साँघुराे घेरा नताेडी कहाँ अाकाशामा जहाज उड्न सक्थ्याे न त अाज हामी क्षणभरमै टाढा टाढा पुग्न सक्थ्याैँ । हामीभित्रकाे यही डर नै हाम्राे जीवनकाे दासताकाे कारक हाे जसले गर्दा भगवानकाे नजरमा समान हामी एक मालिक र अर्काे नाेकर भएर जिइरहेछाैँ ।
भाेली जे हाेस् तर अाज जिउन नछाेडाैँ र अाज हुनुकाे सार्थकता खाजाैँ यही नै हाम्राे जीवनकाे मूल मन्त्र हुनु पर्छ अनि के हाेला भन्ने डर साँचेर जिउनु अर्थ के नै हाेला र? जसरी भाेली अाेईली झर्ने डरले अाज फूल मुस्काउन छाेड्दैन ।

११. बैशाख. २०७५/ २४. अप्रिल. २०१८/ मङ्गलबार


Comments