MY THIRD GIRL-FRIEND
नेचुरल्लीदीपक
"स्कुटर किन्ने हैन?"
"कैले किन्ने स्कुटर?"
"स्कुटर किने सजिलो हुने ।"
...................................................................................................
माथिको ओँठे सल्लाहहरू नि हौ स्कुटर किन्नु अगाडिको हो अनि किन्नु पर्दा खेरीको सबै झण्झट र वाक्क दिक्कहरू चैँ यहाँ पढ्दा भो नि लैलै- "मधेश यात्रा" ।
...................................................*...............................................
"सरकारले किन्देको हो?"
"अफिसले देको?"
यो वाक्य चैँ महामनुवाहरूको मैले स्कुटर किनेपछिको भैगो । यसमा पनि दोस्रो वाक्य चैँ एक एमफिल अध्ययन सकि कलेजमा लेक्चरर भाको दाजुको भैगो ।
हैन यो देशमा सिटामोल त सहज रुपमा दिन नसक्ने सरकारले मलाई डेढ लाख बढि पर्ने स्कुटर देला?
हैट हाम्रो बुद्धि । अनि काँ लाग्छ नेपाल उँभो । ए उँभो खोले दाइ ज्ञान दिऊँ न हौ यी मनुवाहरूलाई ।
मसँग पैसा भए पनि कागजात बनाउन अलि झन्झट भो । मैले पढाउने संस्थाको मालिकको राम्रै चिजान भएकोले सहयाता मागेँ । तर उनले भने;-
"कति पर्छ ?"
"पर्ला डेढ लाख माथि । "
"म किनिदिन चाहन्छुु । मेरो उपहार भो तपाईँलाई ।"
"हैन मसँग पैसा छ ।"
"मैले तपाईँलाई गलत नियतले यो भनेको हैन । दाजुजस्तो हुँ म । कतिले उसै खाईदिएको छ अन्यथा नलिनुस् ।"
म चुप रहेँ । यसपछि एक छिमेकी अङ्कल पनि आर्थिक सहायता गर्न आए अनि अर्को एक साथीले पनि हात बढायो । तर म आफैँ किन्न चाहन्थेँ । बरू ऋण लिन चैँ तयार थिएँ ।
कागज बनाइसक्दा अलि पैसा नपुग्लाजस्तो भो । जाउँ/नजाउँ भो । उता एक ठाउँमा नयाँ काम सुरु गर्न लागेको थेेँ । अलि टाढा थियो अफिस त्यसैले किनिहालूूँ भो । एक साथीसँग ३०K को कुरा गरेँ । खासमा उसलाई कुरा गर्न मन थिएन तर नजिक भएकोले सुनाएँ, हुन त ऊभन्दा अगाडि नै अर्को साथीले ४०k लैजाउ मसँग भनेर आफैँले भनेको थियो तर मन नखाएकोले पछि जाने बेला लिऊँला भनेर गफ दिएँ । जाने तर्खर गरिराको थेँ काम सुरु भैगो नयाँ ठाउँमा ।
यसैले, म तिहारमा लागेँ स्कुटर लिन रक्सौलतिर । त्यो किन्दाको कथा त माथि दिइएको लिङ्कमा छँदै छ । पढ्नु भो त? हाहा ।
हैन मैले निकै मिहिनेत गरि कमाएको पैसाले किनेको नि अरुले दिएको हुँदो रैछ । थाहै थिएन । एक दिन कोटेश्वर जाँदै थिएँ । पछाडी बाहुनि बसेको थियो । जाममा रोेकेको बेलामा एक महिला ढाडमा बच्चा बोकेर पैसा माग्दै थियो । मेरो नजिक आएपछि मेरो चार पाङ्ग्रे स्कुटर देखेपछि, "के माग्नु" भन्दै गयो ।
म हाँसेँ । "हाहा, देखिस् ? म के हुँ धेरैको लागि?" उसले खासै असल जवाफ दिईनँ ।
एक पटक एक साथीले बाईक किस्तामा लिएको थियो । समयमै किस्ता दिन नसक्दा उसको बाईक झण्डै फाईनान्सले जफत नगरिदेको । अनि मैले पनि १० हजार ऋण खोजिदेको थेेँ उसको लागि । (तर कारणवश त्यो पैसा मैले उसलाई दिइनँ ।
"अन्तमा मेरो स्कुटर मैले आफैँ किनेको हो कसैको भीख हैन । हाहा!!!"
यसैले त म यसलाई मेरो 'THIRD GIRL FRIEND' भन्छु । अब फर्स्ट र सेकेण्ड को होला लागेको होला हजुरलाई, हगि ??
'FIRST- HAND STICK' र 'SECOND-TAB' स्यामसङ्को ।
लु त गनथन सकेँ यही सेकेण्ड गर्लफ्रेण्डलाई लेख्न लगाएर ।
नोट; यो गनथन अरुलाई सदा दुःखी र विचरा ठान्नेहरुमा समर्पण गर्दछु ।
अन्तमा यो काममा सहायता गर्ने साथी अरुण कुमार साह र विष्णु नेम्बाङ सदा नमन योग्य भैगए ।
२३. माघ. २०७७/ ०५. फेब्रवरी. २०२१/ शुक्रबार/ ३:३७, दिउँसो/ नखुडोल
Comments
Post a Comment
Thank you. I am pleased to hear from you. Please keep motivating me.