I GOT ENLIGHTENED (बुद्धत्त्व प्राप्त गरेँ)

I GOT ENLIGHTENED


(बुद्धत्त्व प्राप्त गरेँ)

 


नेचुरल्लीदीपक



मलाई पहिले—पहिले धेरैले बिचरा र ‘तिम्रो life क्या बोर’ भन्दा, हो भन्ने नै लाग्थ्यो । तर हैन भन्ने करिब ०९ वर्ष अगाडी बुझेँ ।

यस्तो लाग्नुको आफ्नै कारणहरु छन् । बच्चामा आमाहरु पनि ‘यो यस्तो नभएको भए....’ जस्तो कुरा गर्नु हुन्थ्यो । अझ मन्दिरमा पनि, ‘तेरो हातखुट्टा निको होस् भन्,’ भन्नुहुन्थ्यो । हो नै लाग्थ्यो । अब लाग्दैन । जे छु असल हो । किनकी मलाई मेरो निर्माताले नै यस्तो बनाएको हो । अरुलाई किन टाउको दुख्नु ? फेरी विचरा भनेर मलाई पुग्छ र ? बरु मलाई प्रेम देऊ विचरा नभन भन्छु म त । मैले यो मेरो अवस्थालाई हृदयबाट नै स्विकारी सकेको छु वरदानको रुपमा ।  मैले जिउन चाहिने सबै सिकिसकेको छु र आफूलाई बुझेको छु ।  अनि अरु सामान्य भन्नेको जीवन बरु ‘क्या बोर’ देखेको छु । तिनिहरुभन्दा धेरै घुमेको छु । अझ धेरै घुम्नेछु । म मलाई प्रेम गर्छु, मन पराउँछु अनि स्विकार गर्छु । अरुलाई के मतलब ? मभन्दा अरु अझ कम्जोर छन् । आफूसँग जे छ त्यसलाई पो अङ्गाल्ने हो त । आफूसँग नभएको कुरामा रुने हो ? हैन ।

मलाई सानोमा जे सिकाइयो, त्यो सब गलत हो । सबै कुनै न कुनै रुपमा कम्जोर नै हुन्छन् । के सबै गाउन सक्छन्, अनि नाच्न नि ? अहँ । अनि ? म यो कुरा अरुलाई पनि सिकाउदै छु । त्यसैले १०० वर्ष बाँच्ने मेरो प्रण छ । म ईश्वरको सृष्टि हुँ । भगवान् हुँ । कसैलाई शंका छ ?

हो यो बुझेकै बेला ENGLIGHTENED भएको हुँ । म आफू हुनुमा गर्व गर्छु ।


थप भाग दुई अध्ययनकाे लागि यहाँ तल 'हरिप साेचमा (कन्फेसन्स्)' क्लिक गर्नुहाेस्- 

हरिप साेच (कन्फेसन्स)


 

१२. असार. २०७२/ २७. जून. २०१५/ शनिबार/ नखुडाेल

Comments

  1. धेरै मन छोयो। तर तँ जस्तो मान्छे यो धर्तीमा कमै छ्न है।तँ त ईश्वरको सुन्दर सृजना होस।तँलाई देख्दा गर्वले छाती फुल्छ। तेरो जीवन बहुत सुन्दर छ। हेर तँलाई अपहेलना र तिरस्कार गरेर तँलाई बिचरा भन्नेहरु ज्युदै मरिरहेछ्न। तसर्थ , केटा घुम, डुल,लेख -पढ त भन्नै पर्दैन हाहा। proud of you dear ❤❤❤.

    ReplyDelete
    Replies
    1. धन्यवाद कालू। अवश्य। यति महान भावना र प्रेमकाे लागि। म सुन्दर स्वरुप हुँ भगवानकाे। सदा याेे भावकाे अपेक्षा गरेँ।

      Delete

Post a Comment

Thank you. I am pleased to hear from you. Please keep motivating me.