हरिप साेच (कन्फेसन्स्)

Nuksu Deepak
15 August ·
हरिप साेच 
(कन्फेसन्स्)
नेचुरल्लीदीपक
आज एउटा भाइ आएका थिए, गणेश अस्पतालबाट सहुलियत कार्ड बाँड्दै- उनले लेख्न आउँछ भन्दै हस्ताक्षर गर्न भने । मलाई अलि झाेँक चल्याे- I have done Master in English literature and I teach student like you, भनूँ झै भाे तर अर्धबुद्धिसँग दन्त बझान गर्न मन लागेन चुप नै बसेँ ।
यस्तै केही समय अघि स्कुल बसमै(हाेलि टेम्पल) चढ्न आएका थिए एक व्याक्ति । उनी छम्पितिरकै रहेछन् अनि सलिनटारतिर स्कुल पनि खाेलेका रे तर अहिले बन्द भएछ । उनले साेधे, "कतिमा पढ्दै हुनुहुन्छ यहाँ ?" जब म शिक्षक भएकाे उनले थाह पाए छक्क पर्दै क्षमा मागे ।
१ महिनाजति अघि म भैँसेपाटि चाेकमा घुम्दै थिएँ । अचानक एउटा मान्छेले बाेलाए र हातमा बीस रपैयाँ थमाए, "चिया खान, यस्ताे मान्छेकाे माया लाग्छ", भन्दै । झाेँक चलेर अर्धचेत यी मनुवालाई पनि म आफैँ कमाई गर्छु भनेर हप्काउन मन लागेन । याे कुरा सुनेर सञ्जी कराई, "अर्काे पटक भेट्दा मलाई त्यसलाई देखा म त्यसकाे मुखमा ५० रुपैयाँले हान्छु ।" अझ ऊ त उसै बखत हिँड् भन्दै थिई । उसले झगडा गर्छ भनेर मैले टारेँ ।
एम. ए प्रथम वर्ष पढ्दा घर फर्कदै गर्दा एक बाबाजी भेटेँ गाडिमा । मलाई उनले एक फूल दिए र हरेक विहान खान भने । मेराे शरीर राम्राे हुन्छ अरे । चुपचाप राखेँ फूल । यस्ता मूर्खहरुसँग बाेल्नै मन लाग्दैन । अनि गुप्त रुपमा उसकाे तस्विर लिएँ माेबाईल यन्त्रले ।
गत जेष्ठ २५ गते घरमै आइपुगेका थिए अर्का बाबा । मलाई कागजमा चामल पाेकाे पारेर दिए । केके भने र खाेलेर हेर्न लगाए । त्यहाँ सयपत्रि फूल पाे थियाे । उनले त्यही पाेकामा २०० रुपैयाँ राख्न अह्राए मेराे शरीर सुधार्न । झाेक चल्याे अामालाई बाेलाएँ । उहाँले थर्काएर खेद्नु भयाे ।
केही समय अगाडि एउटा नजिकैकाे गुम्बा घुम्न पुेुगेकाे थिएँ । एक महिला भेट भइन् । उनले मेराे पूर्व जन्मकाे पापकाे फल भनेर घाेषणा गरिन् अनि बुद्धसँग क्षमा माग्न सिकाए अर्काे जन्ममा राम्राे भएर जन्मन । म बुद्धलाई सम्झेर मनमनै हाँसे ।
एक पटक मैले म आफू जे छु खुसि छु भन्दा एक साथीले, "तँलाई लाेकसेवामा सजिलाे हुन्छ त्यसै मख्ख छस्," भन्याे । म जिल्ल । मैले त आफैँलाई स्विकारेकाे पाे हाे त जागिरकाे रहर हैन नी हाै । अर्काे मूर्ख चेत । अर्कि साथी मैले पाएकाे छात्रवृत्तिले छट्पटाउँदा मैले सुझाव दिँदै भनेँ, "तिम्राे पनि एउटा खुट्टा काट अनि पाइहाल्छ्याै त छात्रवृत्ति ।" ऊ मलाई हेरिरही ।
एक पटक एउटा केटाेले ११ मा पढ्दा मलाई थर्कायाे, "तँ यस्ताे नभएकाे भए जानेकाे थिएँ ।" म बाेलेँ, "म यस्ताे नभएकाे भए कसले जान्दथ्याे तँलाई के थाह ?" ऊ चुप ।
यी त प्रतिनिधि घट्ना मात्र हुन् । मैले कैयाै यस्ता अवस्थाकाे सामना गरेकाे छु । मलाई यस्ता अर्ध मानवलाई कुनै उत्तर दिन मन लाग्दैन त्यसैले आज यहाँ कन्फेसन गर्दै छु, पहिलाे पल्ट । सबैकाे केही न केही कम्जाेरी हुन्छ नै । तर मलाई धेरैले आधा-मान्छे देख्छन् । मेराे त एउटा अङ्ग खराब हाे नि अन्य अङ्ग अरुकाेभन्दा राम्राे छ तर मेराे जीवन नै आधा देख्छन् धेरैले । मैले हिँडेकाे, कपडा धाेएकाे, खाना पकाएकाे र साथीहरुसँग रमाइलाे गरेकाे देख्याे कि छक्क पर्छन् धेरै पूर्ण मनुवाहरु । मैले स्नातकाेत्तर गरेकाे सुन्दा, "यस्ताे मान्छेले कसरी पढ्याे ?" भन्छन् । अरे दिमागले पढ्ने हाे, खुट्टाले पढ्छ भनेकाे ? म यहाँसम्म आफ्नै बुँता, परिवार र साथीहरुकाे सहयाेगले पुगेँ । न कसैसँग मागेरै बाँचेकाे छु ? तर धेरैकाे रमिता बनिरहेछु याे पूर्ण मनुवाहरुकाे हुलमा । मन र बुद्धिका अपाङ्गहरु मलाई गिजाएर तृप्त हुन्छन् हैट !! अरु त यस्तै हाे रक्सिमा जीवन बर्बाद पारेर सडकमा लम्पसार पूर्ण भनाैदा मनुवा पनि मलाई हेय भावले हेरेर अाफूलाई उच्च मान्छ । हन कस्ताे हरिप साेच हाे याे !!

थप भाग १ अध्ययनकाे लागि यहाँ तल 'I GOT ENGLITENED' क्लिक गर्नुहाेस्-

३०. श्रावण. २०७४/ १४. अगस्ट. २०१७/ साेमबार/ नखुडाेल

"Comments ईन फेसबुक"
Walsanu Sth
कमजोरी सोच हो तेस्को जो सुन्दरता लाई नियाल्छ,,
कति गिरेको सोच है तिनिहरुको जस्ले हजुरलाइ बिजाउने कुरा गर्यो ,,,
सबै ठिक छ जब सम्म मस्तिष्क ठिक छ,,हजुर आफैमा खास हुनुन्छ बाकी त बक्वास छ ,,,,
 Reply · 1 · 15 August at 17:13 · Edited

Sonam Lama
 deepak sir.
यस्ता पुरानो सोच र रोगी बिचारले ग्रस्त मनुवाहरु धेरै भेटिन्छन यात्रामा। अज्ञान्ता जस्तो ठुलो रोग केही हैन रैछ दुनियामा। यस्ता मुर्खहरुको प्रवाह नगर्नुस । focus on your job. best wishes for ur future sir.. 💞💞
 Reply · 1 · 15 August at 17:13

Chandra Darlami Cm
न्सार बिचित्र ।
पुर्ण मानिसको सोचाई झन बिचित्र।
लाखौं पुर्ण मानिसहरुको गतिलो थप्पड होउ तिमी।... 
Reply · 1 · 15 August at 18:40

Sabin Karki
 Brodr you have a golden heart . it is the perception to others how they perceive you. You are as able as me to do any things and everything . so jus ignore the things what happening in your daily so accept them with smile as leave the others with their mentality .Always rise and shine .
Reply · 15 August at 19:26

Baijayanti Rai
 के गर्नु भाइ सबै मानिसहरु तिमी जस्तो ज्ञानी भएको भए समाजमा जिउनु सारै सजिलो हुने थियो।
· Reply · 1 · 15 August at 19:33

Bibash Ghayal Rai
Jindagi timile bujheko xau. Malai khuc lagx. xodideu duniyako kura
Reply · 1 · 15 August at 19:45

Sarmila Dangal
Deepak, as i know you u are good human 1st. Very friendly,kind,humor and much more intelligent...u are gr8,malai jaha samma lag6 hamro batch ko sable respect you...and u deserve tooo..so ignore all those small snuff as u are doing, u have to move far away,higher and higher...we respect u man...and you can do more..keep going,don't stop bt these things👍😊
 Reply · 15 August at 19:56

Fuku Koyee
Sahi ho tyo fulma 200rs walalai vetai dinuna mero rog niko hunthyoki? Jamma 200 ta rai6 ni.
Reply · 15 August at 20:07

Sharmila Thapa
 Karai....
Reply · 1 · 15 August at 20:40

Arati Bista Gautam
 Tiniharu ta purai dimaag nai navayeka manche hun but these things does not matter to get succes in ur life
Reply · 15 August at 20:51

Sharmila Shahi
 Dpk as there is one saying Coins make more noise than paper note... So ignore these stuff n go ahead.... Achieve Success..Al d bst👍👍👍
 Reply · 15 August at 21:13

Bimarsha Pradhan
Bimarsha Twaakeko prabachan sunya chaina huh rai kaaila...ktm aayepachi bhetchu hai ...
Reply · 15 August at 21:30

Ranjana Rai
Sathi hamileni master padhda jan anjan ma yesta bachan ta katai futkyanam vanne dar lagyo. Ta atmbishwash ka sath bhanna sakxu hamile kahilei tito bachan garenau. Padhai sangai khub masti gareu hagi
Reply · 1 · 15 August at 22:49


Comments