PLEASE STOP HARRASSING BEAUTIFUL SOULS!!!
नेचुरल्लीदीपक
१० वर्ष मुनि- बाल मस्ति (हुन त हुन्छ पढाई र होमवर्कको वा सामाजिक कुरिति र अन्ययको सास्ति ??)
१०-१६/१७ वर्ष, आहा !!
१६-१८/१९ वर्ष- +२को मस्ति
२०- २५ वर्ष
१) अध्ययन+ रोजगार (सरकारी, गैरसरकारी, निजि र व्यावसाय)
२) विदेश- रोजगारीकोलगि वा साथमा अध्ययन नि हुनसक्छ।।
३) रोजगारी वा व्यापार मात्र नि होला...
२५ वर्ष माथि वा अघि नै थपिन्छ बिहे । यसपछि हामी परिवार, पद र पैसामा यसरी रुमलिन्छौँ कि हामी भित्रको सपना र बालापन हुन्छ चैट । यसैलाई हामी कर्तव्य र प्रेम भन्छौँ र यही नै खुसी हो मानिदिन्छौँ ।
तर ३० वरपर भाको धेरै मानिसमा पैसा र बिहेको तनावले यति सताउँछ कि । धेरै यसलाई थेक्न नसक्ने पो भैजान्छन् त । तर यो तनाव ती मानिसहरूको कारणले हैन । बरु समाजमा खै कैलेबाट खुट्टा टेक्न आएको माथिको दुई कुराले निम्त्याएको हो । अझ टन्न पैसा भाको मनुख्खे त खुसी भैगो, यस्तो छ विचराहरूको विचार ।
- "बिहे किन नगरेको?" - "बिहे किन नगरेको?" - "बिहे किन नगरेको?" - "बिहे किन नगरेको?" - "बिहे किन नगरेको?"
भनेर HARRASED भएपछिको यो एउटा कथा यस्तो छ;-
"बुढि भइस् बिहे गर् भने अहिले त तैँले मनपराको होस् मरे नि मर् हामीलाई मतलब छैन पो भन्छ।"
यो भनाई एक मास्टर पढिराको युवतिको हो । अनि साथीबाट चिनजान भएको एक युवकसँग खासै नसोचि उसले बिहे गरिहाली । तर जब उसको अबको यो लोग्नेको गलत ब्यावहार थाहा भो तब माथिको ओँठे जवाफ आयो- र जवाफ दिने उसको जन्मदाता आप्पा हुन् । उसको अहिले भाको लोग्नेको गलत हर्कत के होला लागेको भए सुन्नुस्- "ऊ निस्कियो रक्सिबाज देखि प्रेमिकाबाजसम्म ।"
यसरी घरदेखि आर्याटसम्म सोधिन्छ ।
"बिहे किन नगरेको?" - "बिहे किन नगरेको?" - "बिहे किन नगरेको?" - "बिहे किन नगरेको?" - "बिहे किन नगरेको?"
.........................................
कसैको विचार, सोच, चेतना वा मन र व्यवहारको खासै बाल हुन्न आज हामी मनुवाहरूलाई बस रूपैँया भए भो । शिक्षा र पद पनि चाहिएन । के गर्नु नि लैलै । यसैले त खुलेआम भ्रष्ट नेतादेखि कर्मचारीसम्म पैसाले आफ्नो पाप पखालिरहेछन् जलारी चडाउँदै पशुपतिमा । हे पर्मेश्वरी!!!
"दाइ तपाईं दुबाईबाट नफर्किएको भए आज पैसावाल," भनेर एक विचरा सथीलाई उसको कुनै आफन्तले भनिरहेको थियो, जो १० वर्ष हिराकानाको* देशमा नोट छापेर भर्खर आएको थियो । विचरा ऊ उसको व्यासाय र पैसा २०७२को भूकम्पले स्वाहा पारेकोले चिन्ताग्रस्त थियो । जब उसले ऋण माग्यो फेरि आफ्नो काम सुरु गर्न । भाइ आर्य-मौन धारण गरि बौद्धगया जान तैयार भिक्षुझै अनुहार पारी बस्यो ।
पैसा कसरी/कति कमाउने वा कैले/कोसँग बिहे गर्ने वा नगर्ने भन्ने हरेक मनुख्खे स्व-चाहना हो ।
अनि धेरैलाई थाहै छैन यी दुई विषयले कसैलाई HARRASED पनि गर्छ भन्ने । लाग्छ कि यी दुई प्रश्न सोध्नेहरु पक्कै पनि डिप्रेसनको अौषधि उत्पादन गर्ने कम्पनिहरुको "MARKET REPRESENTATIVE (MR) हुुुन्??" हाहा!!
"SO PLEASE STOP HARRASSING BEAUTIFUL SOULS BY THESE TWO MERE WORDS!"
नोट;- तर म यी दुई पश्नहरुबाट अलि पर छु । किनकी म उनीहरुकोलागि अछुत हुँ । तर म आफूलाई "I AM NOT FOR SALE" भनी घोषणा गर्छु ।
"सब्ब भवतु मङ्गलम् ।।।"
२४. माघ. २०७७/ ०६. फेब्रवरी. २०२१/ शनिबार/ नखुडोल/ साँझ ६:३८
Comments
Post a Comment
Thank you. I am pleased to hear from you. Please keep motivating me.