मलाई यात्रा गर्न मन पर्दैन



Suraj Majhi




 मलाई आज भोलि यात्रा गर्न पटकै मन पर्दैन। हिजो अस्ति सम्म म यात्रा गर्न एकदमै मन पराउने मान्छे।यात्रामा हिनिरहने मान्छे। तर आज भोलि यात्रा गर्नु भनेको,, (मानाैँ कि कुनै मानिस  कयौं घन्टादेखी भोकै छ ।र मालिकले आफ्नो कामदार लाई चाइदो न चाईदो शब्द अपशब्द कामको भार --- गधा झै ब्यवहार गरिरहेछ।) ठ्याक्कै त्यतै भैइरहेको छ। मेरो मनमा. आज भोलि"""


  म बसबिसाैनी (bus stand मा)गाडी पर्खेर बसिरहेको थिएँ। (गाडिको आवत/जावत हो हल्ला सुनेर एकदमै असहज भईरहेको थियो।) एक छिनपछी गाडी आयो। गाडिमा नेपाली गित बजिरहेको थियो। मलाई असाध्यै मन पर्ने गित === "तिमीलाई कुनै पल नभेटुम यो मन डराउँछ"। यो मन डराउँछ== (बाटो मुनिको फुल) मैले यो फिल्म  करिब ५/६ चोटि हेरे होला।खैर!! मलाई नजिकै उत्रिनु थियो। त्यसैले म ढोका छेवैको सिटमा बसे। सिटमा बस्ने बितिकै सहचालक बोल्यो।

   सहचालक: दाइ यो त अशक्त सिट हो। गाडी खाली छ उता पछाडि गएर बस्दिनुन्न।

    म: (आखिर म पनि त अशक्त नै हु। म पनि त अपाङ्ग भन्दा के कम छु। आखिर मेरो पनि त मन भाचिएको छ। मेरो पनि त दिल टुट्टेको छ। म पनि त यो संसार संग हारेको छु।मैले पनि त धोका खाएको छु । म पनि त भगवानबाट ठगिएको छु।मेरो  अँखाले देखेपनी केवल उनलाई मात्र देखछ।चित्र कोरेपनी केवल उनलाई मात्र कोर्छ। प्रत्येक पाईला पाईलामा म  उनलाई मात्र खोजी रहन्छु। मेरो मुटु धड्के पनि हरपल हर्दम उसको साहारा मात्र खोजी रहन्छ। के म चाई अपाङ्ग होईन र..??) सहचालकलाई यसरि उतर फर्काउकी सोचदै थिए।  तर गाडिमा अरु मानिसहरु भएको कारणले म रोकिए। ( सहचालक लाई हुन्छ भनी म पछाडिको सिटमा बसे।)  गित एकनाशले गुन्जी रहेको थियो।   (म गित सँगै पुराना दिनहरुमा फर्के।)

           एकचोटि म र ऊ लामो यात्रामा निसकेका थियौं। हामी यतिसम्म अभागी थियौं कि हामिले चढेको गाडिमा जम्मा २ टा सिट मात्र खाली थियो। अगाडि #पछाडि एक= एक जन्ना बस्ने गरि,, सिटमा बस्ने मान्छेले हामिलाई बस्नका लागी  ठाँउ छोडदिनु भो। अगाडी केटा भएकोले म अगाडि को सिटमा बसे। पछाडि एकजना आन्टी हुन्नथ्यो र उ पछाडिको सिटमा  बसि। हामी दुबैजन्ना झ्यालको छेउमा बस्यो। एकछिन पछि आधी- आधी भएको झ्याललाई उनले सबै म तिर पार्दिई। र म बसेको ठाउमा हावाको आवत /जावत तथा दृश्यहरु देखन छोडियो। म केही बोलिन ।

           एकछिन पछि उनले प्रश्न गरि--हजुरले यात्रा गर्दा बाहिरी हावा अनि दृश्यहरु मन पर्दैन हो..??

           म:- मन पर्छ नि तर बाहिर देखिने प्रत्येक मानिसमा तिमी हुनाैँ ..? यी हावाहरुमा पनि तिम्रो सुगन्ध हुँदैन. यदि हुन्छ भने म बाहिरी दृश्य र हावा खाना तयार।

           उ: ` धत´ भन्दै हासेर उतर दिई।

           म:- तिमी भित्र हुँदा हुँदै मलाई बाहिरी हावा र दृश्य किन चाहियो। मैले भने.

           उ: जिन्दगी नै मलाई हेरेर बिताउने रहर छ कि के हो..?? उन्नले हास्दै सोधी.

           म:- मैले तिमिलाई हेरेर र तिमिले मलाई हेरेर हाम्रो जिन्दगी चल्छ भने म तिमिलाई सधै सधै हेरि बस्न त्यार छु।

           यतिकै मा गाडी रोकियो। म( झसङ्ग भए..) म उत्रिने ठाउँ आएको रछ।

           त्यसपछि म सरासरी आफ्नो Room गए।Room पुगने बितिकै । फेरि पुरानो यादहरुले मलाई सताउन थाल्यो । र म पुराना यादहरु कोट्याउन थाले। 

           Mobile को Gallery खोलेँ मैले उनको Photoहरुको छुट्टै Folder बनाएर राखेको थिएँ। ताकी कसैले नदेखोस् भनेर ।उनको Photo मेरो Mobile को गोप्य Folder मा करिब ११० वटा  Photo थियो।ती Photo हरु मध्ये करिब ८० वटा Photo रातो Dress लाएको Photo थियो । उनलाई रातो रङ्ग असाध्यै मन पर्थियो सायद मलाई पनि मन परेर होला। रातो Dress पनि असाध्यै सुहाउँथियो। रातो कुर्ती, रातो T- short , रातो जामा,रातो कुर्तासुर्वाल, रातो सारी नजाने अरु के- के-के र रातो रङ्ग संगै (रातो गुलाबी रङ्ग को ) लिबिस्टिक लाउदा उनलाई असाध्यै सुहाउँथियो। र म त्यहीँ रातो गुलाबी रङ्गमा मोहित हुन्थिए।  बेला- बेला उनले रातो सारी लगाएर खिचेको लजास्को Photo !!! म आफ्नो Moblile को wallpepar मा राख्थे र wallpepar मा राखे पनि केही बेर्मै  Delete पार्दिन्थे । अरुले देखला भनेर।

           उनका यि Photoहरु हेरेर म धेरै समय बिताई दिन सक्थे । ¥¥तर अहिले यी Photo हरु हेरेर पुरै जिन्दगी नै बिताउनु परेको छ।¥¥

Comments

Post a Comment

Thank you. I am pleased to hear from you. Please keep motivating me.