दुष्टता
यो युग मात्र दुष्टताले भरिएको छैन । यो प्रकृया त प्राचिन् कालबाटै रहिआएको हो ।
हामी आज बुद्धलाई जति पूज्य मान्छौँ उनको समयमा उनलाई घृणा गर्नेहरु पनि भए । उनिमाथि मल—मूत्र प्रहार गरिएको देखि उनको हत्या प्रयास गरिएकोसम्म हामी थाहा पाउछौँ । हुन त उनले तत्कालिन समयका रुढीहरुको बिरोध गरेकै हुन् । यस्तै अपमान ईस्लाम धर्मका प्रणेता पैगम्बर मोहम्मदले पनि भोग्नु पर्याे । अझ येशुले त अपमानित मात्र नभएर मारिनु नै पर्याे । उनको अपराध नै के थियो र ? त्यो समयको रुढीगत मनोवृत्तिको उनले पर्दाफास गरेका थिए । पूजारी, सब्बाथको महिमा र ईश्वर सम्बन्धि भ्रम चिर्न खोज्दा रोमीहरुले उनको निर्मम हत्या गरे । तर आज हामी नै उनको पूजा गर्छौँ । विडम्बना यो भन्दा अरु के होला ?
अझ पुनरुत्थानको युगमा आइपुग्दा, पृथ्वीले सूर्यको परिक्रमा गर्छ भनि आफ्नो विचार राख्दा जर्मन दार्शनिक कोपर्निकसको क्रुरतापूर्वक हत्या गरे धार्मीक गुरुहरुले । त्यो बेला उनलाई छाला तार्ने आदेश दियो चर्चले । आज उनकै दर्शन सत्य साबित भएको छ ।
यस्तै ईसाइहरुको हत्या र शोषण गर्दै हिँड्ने, ईसाई धर्म विरोधी साउल पछि सन्त पाउल बनेका छन् । उनले मान—सम्मान अनि प्रेम र घृणा एकसाथ पाएका छन् । यसरी हाम्रो मानवीय युगमा प्राचिन् युगदेखि नै दुष्टता व्याप्त थियो । अझ सुकरातजस्ता महान् आत्मले झुटो आरोपमा हेमलक विष सेवन गरेर मर्नु परेको थियो । लोकतन्त्रका प्रणेता उनको अपराध मानव कल्याण हेतु बोल्नु नै थियो । यसरी बेकसुर महान् आत्महरुले जीवन त्याग्नुपरेको छ । अनि हामीहरु सधैँ विगत सम्झेर पछुताएका छौँ ।
तसर्थ दुष्टता सधैँ व्याप्त रहको छ मानवहरुमा । सधैँ महान् आत्महरुले सही मार्ग देखाउन खोजेका छन् तर हामी चुकेका छौँ । हाम्रो मस्तिष्कले बुझ्न सक्दैन ती महान् सोचहरु । हामी आफू अनूकुल बुझिदिन्छौँ उनीहरुलाई । यही हो हाम्रो भूल । अब शोक गर्ने समय छैन विगतको भूलमा । अनि हाम्रो युग केवल दुष्टताले मात्र भरिएको छैन । आजको यो युगमा पनि थुप्रै महान् आत्महरु छन् । हामीले हेर्नुपर्छ र बाटो रोज्नुपर्छ । कसरी जिउने भन्ने हाम्रो हातमा छ । जे गरे पनि होशपूर्वक गरौँ र आफूले गरेको कर्ममा नपछुताऔँ । बरु युगको आवाज सुनेर अगाडी बढौँ । जीवनको अन्त्य कहिल्यै हुन्न । सधैँ नविनतम् सुरुवात रहन्छ ।
Comments
Post a Comment
Thank you. I am pleased to hear from you. Please keep motivating me.