याेनिकाे भित्रि भङ्गाेष्ठ तन्काउने चलन (labia minor elongating/stretching/pulling)
याेनिकाे भित्रि भङ्गाेष्ठ तन्काउने चलन
(labia minor elongating/stretching/pulling)
![]() |
| नेचुरल्लीदीपक |
भित्रि भङ्गाेष्ठ तन्काउने चलन विश्वकाे अनेक स्थानमा रहेकाे पाइन्छ। यसमध्ये रुवाण्डामा यसलाई (गुकुना-तान्नु, ईमिसिनाे-सानाे भङ्गाेष्ठ: gukuna, "pull", imishino "labia" in Kinyarwanda language), भनिन्छ।
भित्रि भङ्गाेष्ठ याेनिकाे भित्र भागकाे दुई अाेँठजस्ता देखिने अङ्ग हुन्। यी दुई भागलाई बालिका करिब ८ देखि १४ वर्षकाे उमेर पुगेपछि अाफैँले तन्काउन लगाइँदाे रहेछ। यश कामकाे लागि अामा वा हजुरअामाले सहायता गर्ने गरेकाे तथापि कति ठाउँमा त यस्ताे कार्य गर्न सिकाउने महिलाहरु पनि हुँदाे रैछन्।
विशेष रुपमा याैनसँग जाेडिएकाे यश कामलाई पुरुष अनि महिलामा याैनअानन्द अझ बढि मिल्ने विश्वास गरिँदाे रैछ। कतिसम्म भने यस्ताे काम गर्न कतिपय महिलाहरुलाई मानसिक दबाबमा समेत पारिने रहेछ। बेलायतमा पनि केही बालिकाहरुलाई (बसाइँ सरि अाएकाे) यस्ताे काम गर्न लगाइएकाे पाइएकाे छ।
यसरी अनावश्यक तन्काउने काम गर्दा अत्यन्त पीडा मात्र नभएर कैँयन अवश्थामा त उक्त भाग चाेइटिने गरेकाे पनि पाइयाे। अर्काेतर्फ चिकत्सकहरु यश कार्यद्वारा याैन सुख नमिल्ने तथ्य पेश गर्छन्। अझ कैयन् अामाहरुले अाफ्नाे छारीहरुकाे खाना एक प्रकारकाे धुलाे अाैषधि मिसाइदिने गरेकाे ताकि भङ्गाेष्ठकाे अाकार लम्बियाेस।
अनुवंशाणु रुपमा केही महिलामा अनावश्यक याे भाग बाहिर फैलने हुनाले साइकल वा बाइक चढ्न वा अन्य यस्तै काम समस्या हुने भएकाे सर्जरि (labiaplasty) गर्ने गरिएकाे छ।
यसरि, याे काम पनि याेनि खतानाजस्तै महिला याैनिकतामाथिकाे दमनकाे रुपमा बुझ्न सकिन्छ। साथै लिङ्गकाे अाकारले याैन अानन्द नापन गर्ने भ्रम जस्तै यसलाई बुझ्न सकिन्छ।
१०. साउन. २०७७/ २५. जुलाई. २०३०/ शनिबार
नुखुडाेल/ ५:४० साँझ
थप सामग्री;
१) https://youtu.be/oTKusHEHpyw
२) https://youtu.be/XD-TCaXCJQE
३) https://en.m.wikipedia.org/wiki/Labia_stretching




Comments
Post a Comment
Thank you. I am pleased to hear from you. Please keep motivating me.