एक्लोपन
 |
विमर्श प्रधान |
यो एक्लोपन साँच्चै नै कति एक्लो बनाउने खालको हुन्छ है गिदीको नलि नलि भरी खालि उनकै सम्झना कैले रुन मन लाग्ने, कैले पासो चढ्न मन लाग्ने, कैले संसार छाड्ने अमृत पिउन मन लाग्ने.... के के हो के के सोच्दै झन् आफुलाई एक्लै बनाउने के यो एक्लोपनले... सांच्चै भन्या नत्र तारा देवी किन गाउँथिन् र 'एक्लै बस्दा सधै मलाई सम्झना तिम्रो आइदिन्छ सहन नसकि आंखाबाट...........झरिदिन्छ। सांच्चै यो एक्लोपन क्या बोरिगं हुन्छ है... आई हेट यु एक्लोपन आई रिएल्ली हेट यु।।
तर म भन्छु के ईफ यु रिएल्लि ट्रष्ट योरसेल्फ यु क्यान ईन्जोए योर एभ्रि मुमेन्ट के जस्तै
तर कैले काही चाईने एक्लोपन मजा लाग्दो नी हुदो रैछ नि... कतिखेर भन्नुस् न... फेरि तपाई क्या ठिस् कुरा गर्या होला भन्ठान्नु होला कस्सम कैले कैले त लास्ट ईन्ट्रेस्टिगं हुने क्या... अनि त्यति खेर चाईने भन्न मन लाग्छ आई लभ यु माई एक्लोपन आई रिएल्लि लभ यु.... मज्जा त्यतिखेर आउछ यो एक्लोपनको जतिखेर एक्लोपनले लास्टै थिचेर सिगंल नै बना बेलामा स्वर्गिय आत्माहरु लुसुक्क परेर बात मार्न आउछन्। लास्ट टाईम मेरो एक्लोपनामा बात मार्न झुल्क्या थे भूपि शेरचन काका के.. सुड्डा लास्टै कमेडिएन रचन् नि... बातै पिच्छे हसाउन क्या.. लय लयमा मैले भने काका आज सम्म बाच्या भए प्रधान मन्तरी नभए नि एउटा न एउटा मन्त्री त पाट्काईन्थ्यो क्या है.... बुढा सनक्क सन्केर चोर औला देखाउदै भने बज्या डन्ट फर्गेट आई डन्ट वान्ट टु बि माई वोन '' घुम्ने मेच माथिको अन्धो मान्छे'' गट ईट।। एकछिन त बुढा सन्क्या देखेर सात्तो गयो तर कक्कर चुस्दै बुढाले भने यु आर सो रोमान्टिक त्याट यु ईन्भाईट मि दिस नाइट भनेपछि मन हलुगों भो... तर कक्कर को अति अम्मलि मलाई धरी सास फेर्न गार्हो हुने गरी मुस्लो छाड्ने अनि बात मार्दै रसपान गर्न यति आन्नद आयो कि त्यो रात छर्लगं काट्या छु मैले बुढा संग। तर सप्पै सप्पै स्वर्गिय आत्माहरु ईन्ट्रेस्टिगं हुन्छन् भन्ने पनि छैन... ईन्ट्रेस्टिंग भेटघाट किशुन जी सँगको छ
मा कस्सम यो एक्लोपन ले च्याप्या बेलामा स्वर्गिय भट्किरहेका त आउने आउने क्या बट बेला बेलामा तिनका पुस्तकका क्यारेक्टर हरु पनि आइदिने भन्या कत्तिनो जुगौ देखिको चिनजान भा जसरी क्या । एकदिन एक्लोपनले लास्टै हान्या थ्यो अनि बोत्तल आफै पनि ढल्ने ढल्ने बेला भाथ्यो, मनमा कैले उस्को अन्वार झलक्क आउने कैले उस्ले औला गांठो पारेर खाएका कसम कानमा गुन्जिने भईराथ्यो. अगाढी थचक्क बस्न आयो एउटा मेरै उमेरको भिजिलान्ते... मैले को तिमी अनि किन यसरी जिप्ट्या भन्न पाथेन उस्ले दाईने हात अगाढि सार्दै दाजु म त्यो 'बसाई' उपन्यासको रिकुटे भनेर आफ्नो ईन्ट्रो दिन्छ यार अनि मेरा पालो झनक्क झन्किदै केही नसोचि भनिदिए आई हेट रेपिस्ट एण्ड गेट लस्ट फ्रम हेयेर.. रुन्चे अन्वार लाउदै उसले भन्यो दाई रेपिस्ट नै भनि नहाल्या भए हुन्थ्यो मेरो रिस अझ मर्या थेन एक त बांचा कसम सम्झ्या बेला अनि उनको अन्वार झलझलि देख्या बेला टुप्लुक्क नारद आया जसरि आछ अझ बहस गर्न खोज्छ। मैले मेरो कुराको लहरो तन्काए यस यु आर अ रेपिस्ट नो मोर देन द्याट आजको जुगमा तैले त्यस्तै गर्या भए तलाई महिला हिंसा, बलत्कारको केस ठोकेर तलाई जिन्न्गी भर जक्काउथे बुझिस् धन्न त्यो सोझो युग थियो र बचिस् म पनि अलि सेलाएर लहरो तन्काउदै भने आजकल यहां चोखो माया गर्ने लाई त के के भन्दै जेल हाल्न खोज्छन। तुरुक्क आशु निकाल्दै भन्यो बिचराले दाई यस्मा मेरो के गल्ती छ मैले चोखो माया गरेकै थिए उस्ले पनि गरेकै थिई अब एक्कासि लेखकले यस्तो यस्तो चोखो मज्नुलाई जुरुक्क उठाएर भगाईदिए त नत्र आम्मा कसम दाजु त्यो झुमा संगै बिहे गर्ने पिलान थियो। मलाई चाईने अईले आएर माया लाग्यो बिचराको सायद दृश्य फरक भए पनि पिडा जो मिल्ला मिल्ला भाथ्यो। सुक्क सुक्क गर्दै मोराले बत्तलतिर आखा लायो खै त्यो बत्तल र गिलास ले भनेर एक गिलास के दिया थे एकै सासमा तिनिक्क तान्यो मोराले... र भन्छ दाई तपाई मात्र यस्तो भेटे जसलाई मैले मेरो मनको कुरा खुलस्त राख्न सके र हजुरले बुझिदिनु भो... मैले नि झ्व्वाट्ट भन्दे यस्तै सबैको कुरा बुझ्ने भएर त आफ्नो जिन्दगी बुझिनसक्नु भाछ। मेरो कुरामा ईन्ट्रेस्ट देखाउदै के भो र दाजु यस्तो भन्दै थियो मेरा पालि उस्को र मेरो गिलास भरे अनि टक्ला सट हान्दै बाई गुड नाइट एण्ड आई हेट रेपिस्ट भन्न के पा थे मेरो दुई हात समाउदै दाजु पिलिज आइ एम नो मोर रेपिस्ट दि कन्टेन्ट मेड मि रेपिस्ट भन्दै मुसुक्क हाँस्दै हात हल्लाउदै बिदा भयो। म चाईने मोबाइलमा उनकै मेसेज पढ्दै बरबराऊन थाले "सप्पैको कुरा बुझिदिने भै फालेर आफ्नै जिन्न्गी बुझी नसक्नु भो प्रिय बु झि न स क् क् न् न्नू भो ओ ओ ओ।।।।
Comments
Post a Comment
Thank you. I am pleased to hear from you. Please keep motivating me.