इज्जत लुट्नेहरु खबरदार
इज्जत लुट्नेहरु खबरदार
![]() |
नेचुरल्लिदीपक |
"इज्जत लुट्याे रे ।" हैन ईज्जत केमा हुन्छ हाै ? अनि कहाँ लुट्न सकिन्छ ईज्जत? युगाैँ देखि यही भ्रमकाे खेति गरेर नारीहरुमाथि अनेक अत्याचार गरिँदै अाइएकाे छ याे दुनियाँमा ।
यसैले त बालात्कारिसँग नै विवाह गराइदिइन्छ शाेषित महिलाकाे । मानाैँ अब त झन् हरेक दिन नै बलात्कार गर्न अनुमति मिल्याे । के महिलाकाे विचार र चाहना नहुने हाे? पीडित पनि चुपचाप यी सब सहन बाध्य हुन्छिन् हाै । उनी पनि त समाजकाे साेचमा पूर्ण डुबाइएकि छिन्, डर वा मर्यादकाे अाँडमा सदा पुरुषलाई माथि पारेर । तसर्थ बलात्कारीलाई नै पति स्विकार्न विवश हुन्छिन् उनी ।
हैन एक सानाे अङ्ग(याेनि)मा नारीकाे इज्जत कसरी रहन्छ अनि किन चैँ ईज्जत गएकाे भनेर कराउँछ समाज? बरु इज्जत त बलात्कारीकाे जानू पर्ने हैन तर नारी विवश छ इज्जत लुटिएकाे भ्रममा बाँच्न । यथार्थमा त नारी शारीरिक र मानसिक रुपमा पीडित हुनुपर्ने हाे तर ईज्जतकाे कसीमा यी सब यथार्थ गाैण बनाइन्छ अनि इज्जत गएकाे भ्रममा बाँच्नु परिरहेछ।
निर्लज्ज पुरुषहरु नाबालिकादेखि वृद्धासम्मलाई करणी गर्छन् तर इज्जत चैँ लुटिने रे नारीकाे । हैन हामी समाज पनि अाडम्बरकाे खाेस्टा हैनाैँ नत्र त बलात्कारिकाे ईज्जत स्वाहा भएर सदाकाे लागि नाङ्गिएर बाँच्नुपर्ने नि? तर गर्वसाथ खुल्ला साँढे भएर बुर्कुसी मारिबस्छन् त बलात्कारीहरु । यसैले त निर्भया-निर्मलाहरुले ईज्जतकाे साथसाथै जीवन पनि गुमाइरहेछन् अाजकाे अद्भूत र उच्च युगमा पनि ।
करिब ५० काे दशकमा एक चर्चा अाउँदै गरेकि नायिकाकाे अश्लिल तस्विर सार्वजनिक हुन्छ । यही घट्नाले गर्दा उनी विक्षिप्त हुन्छिन् र अन्ततः अात्महत्या गर्छिन् । यश घट्नालाई हामीले गहिरिएर विश्लेषण गर्याैँ भने केही तथ्यहरु बुझ्न सकिन्छ । के नारी भएर नै उनले तेस्ताे कदम उठाएकि हुन् त? कि उनले बेज्जतिकाे पीडा सहन नसकेर अन्तिम निर्णय गरेकी हुन्? यदि उनी पुरुष भएकी भए यस्ताे कदम लिन्थिन त? अनि पुरुषकाे त खासै यस्ता तस्विर सार्वजनिक भएकाे देखिन्न । अझ निर्लज्ज प्रेमीहरु याैन सम्बन्धका भिडियाेहरु सार्वजनिक गर्छन् । यहाँ पनि ईज्जतकाे डर नारीलाई मात्र हुन्छ पुरुषलाई हुन्न । हैन याे ईज्जतकाे ठेक्का लिनेहरुकाे चैँ जाँदैन कि के हाे ईज्जत ?
पहिलाे कुरा त इज्जत जाने कुरा नै सत्य हैैन अनि यदि कसैकाे इज्जत जान्छ नै भने पनि बलात्कारीकाे जानुपर्छ नकि बलात्कृतकाे । साथै ईज्जत लुटियाे वा लुटिएँ भन्न पनि अन्त्य गरिनुपर्याे ।
कपडाकाे अाकार र महिलाकाे अाचरणले बलात्कार बढेकाे तर्क गर्नेहरुलाई थाहै छ साडि, कुर्ता वा पूरा शरीर ढाकिने नारीदेखि बयाेवृद्धा र नाबालिका पनि पुरुष दम्भकाे शिकार बन्नु परेकाे छ । हरेक पुरूषमा याैनेच्छा हुन्छ भन्दैमा बलात्कारी बन्ने चाहना हुँदैन । यसकाे कारण अनेक हुन सक्छ, जस्ताे; रिस, अावेश, प्रतिशाेध, कुलत, कुण्ठा ईत्यादि । तसर्थ यस्ताे विकृत कार्यबाट पीडित कसैकाे पनि ईज्जत बर्बाद भाे भन्नू हास्यस्पद बिडम्बना हाे ।
तथापि पुरुषहरु पनि बलात्कृत भएका घट्नाहरु छन् । अवश्य सङ्ख्य कम हाेला तर प्रमाण छ । जस्तै, कुनै एक युवाले (वास्तविक घट्ना) कक्षा ०९ मा पढ्दा अाफ्नै शिक्षिकासँग शारिरीक सम्बन्ध गरेकाे कुरा गर्वसाथ भनेकाे थ्याेे । यश घट्नामा यदि विद्यार्थी छात्रा र शिक्षक पुरुष भएकाे भए? अनि याे घट्नालाई के भन्ने? हाम्राे साेचमा अझै पनि पुरुषलाई पवित्र र जे गर्न नि छुट भएकाे व्यक्तिकाे हैसियत दिइन्छ । यसैले त त्याे युवककाे ईज्जत लिलाम भएन । बरु ऊ गर्वसाथ याे अनुभव सबसँग बाँड्न मन पराउँछ । नारी भएकाेे भए परिस्थिति फरक हुन्थ्याे अवश्य नै ।
अन्त्यमा, यसरी नै सदा पुरुष दम्भकाे शिकारमा नारीहरुकाे बेज्जति भैरहने हाे भने हरेक अामाहरुले जन्मनसाथ छाेराहरुकाे याैनाङ्ग सालनालसहित काट्नुपर्ने दिन पाे अाउला कि??? खबरदार ।
(तस्विर- https://www.pexels.com)
१८. असार. २०७७/ ०२. जुलाई. २०२०/ बिहिबार/ नखुडाेल





Comments
Post a Comment
Thank you. I am pleased to hear from you. Please keep motivating me.