प्रेमिका अामा

प्रेमिका अामा




तँ

रावा खाेला तिरै तिर

हिलाे र धुलाेहरुमा

ट्वाक- ट्वाक्क

ट्वाक- ट्वाक्क

गीत गाउँदै

हिँडिरहेछस्

न दुःखी छस्

न रिसाउँछस्

मलाई माया गर्नेहरु

घृणा गर्नेहरु

दया देखाउनेहरु

सुदूर विगतमा

अदृश्य छन्

तर तँ

गीत गाउन छाेड्दैनस्

मसँग नाच्न राेक्दैनस्

हुन त हाम्राे नाच

र तेराे गीत

बेतुककाे, अढङ्गकाे छ

जे हाेस्

हाम्राे सह-अस्तित्त्व

घाम र जुनकाे जस्तै

सङ्गीत र धूनकाेजस्तै

प्रेमिल छ

त्यसैले

तँ

मेराे तेस्राे खुट्टा

अनि तेस्राे हात हाेस्

बेहिसाब बेहिसाब !!

प्रेम गर्ने प्रेमिका हाेस्

अनि

मलाई हात थामेर

कदम चाल्न

साहस-उत्प्रेरणा दिने

अामा हाेस् !!!


१२. पाैष. २०७५/ २७. डिसेम्बर. २०१८/ बिहिबार

Comments