सहिद लिलामे माइलाे


सहिद  लिलामे माइलाे




माइलाै !!!

नानीदेखि नै नि हाै, तँ त

खप्पिस पाे थिस् नि

चाैथिमा काक्रा चाेर्न हाेस् कि

बारिकाे मुला

हाै मेलामा तरुनी जिस्काउन

कसले सक्ने नि तँलाई ?

जसाे तसाे ५ कक्षासम्म पढिस्

हाेमवर्क त गर्नै पाे जनिनस् त हाै

बरु लभ लेटर लेख्नमा साह्रै साह्रै रिप्फु

अनि तल्लाे गाउँकाे क्षेत्रिहरुसँग खुब

ग्याङ्ग फाईट गरिस्

याे हाम्राे गाउँकाे त, तँ हिराे

अरुले सुकुल गुण्डा भन्दा

जाँडकाे रनाहकमा कम उफ्रिन्थिस्

जब सबै काेरिया र मलेसिया भासिए

तँ अचम्मै गर्न लागेकाे थिस् गाउँमा

भन्थिस् कृषि क्रान्ति गर्छु

म त छक्कै पाे परेकाे

मेराे त, तँ जानि दुश्मन

याद छ तँलाई ?

सरलाई मैले पाेल लाकाे निहुँमा

दशैँकाे लिङ्गे पिङ्गबाट मलाई

झारिदेकाे थिस्

अनि मेराे बायाँ खुट्टा अलि बाङ्गेकाे छ

एक पटक हुर्रा नाच्दा

तैँले मेराे सिजनकाे गालामा म्वाई खाकाे थिस् नि

अनि मैले हातमा भाेजपुरे नाङ्गाे खुकुरी नचाउँदै

कान्लै कान्ला खेदेकाे

अहिलैजस्ताे पाे लाग्छ हाै

तर

सब कहानि भाे अाजकाल त...

तँ तरकारि फलाएर नामि भइस्

म तेराे डाहाले भुतुक्कै थेँ

सबै मलाई सम्मानले "सर" भन्थे

तँ भने

मेलामा, पधेँरामा

बारिमा, बाटाेमा

"अाेई बाङ्गे भनथिस्"

म तँसँग एक पटक नि बाेलिनँ

अनि रिसले तँलाई अाँखा तर्थेँ

तँ हाँस्थिस् मात्र....

लगभग हामी खुसि थियाैँ

तर त्याे दिन

सिमा नाघेर हाम्राे छिमेकी देशका सैनिक

हाम्राे भूमि हडप्न

हतियारसहित हाम्राे गाउँ पसेछन्

सरकार केवल जाेक्कर भाकाे हाम्राे देशमा

हाम्राे माटाे जाेगाउन हामी गाउँले

जुलुस निकालेर सिमामा पुग्याैँ

तँ पनि साथै थिस्

खुब कुर्लेकाे थिस् नि लैलै

१०० जनाकाे अावाज र

तेराे बाेलि मलाई बराबर लाकेकाे हाे

अचानक उनिहरु हवाई फायर गर्न लागे

हामी सबै ज्यान जाेगाउन भाग्याैँ

तँ जब्बर कहाँ डराउँथिस् र ?

ढुङ्गा पाे उठाइस्

अनि उताबाट चलेकाे गाेलिले

तेराे छाति छेँडिदियाे

तँ सहिद बनिस् नि हाै लाफा !!!

तर मेराे अात्म

त्यही बेला मरेकाे हाे

किनकी म कायर अलि पर

झाँडिमा लुकेकाे थेँ

तर डाहले

तँजस्ताे

म सहिद बन्न सकिनँ नि,

लिलामे माइलाै

थाहा छ ?

हाम्राे गाउँकाे शनिबारे हाटमा

तेराे सालिक बनाकाे छाैँ

अनि तँ सहिद भाकाे

हरेक मङ्सिरकाे १४ गते

तेराे सम्मानमा हुर्रा नाच्छाै....

यसाे भन्दै

"नाटके माइलाे हाै चटके माइलाे

लिलामे माइलाे देशै रमाईलाे ।"


१९. कार्तिक. २०७५/ ०५. नाभेम्बर. २०१८/ साेमबार/ कागतिहार/ ११ बजे, विहान

Comments