ओ प्रिय !!
छ्या !!
लम्पसार सुतिरहेछाै...??
तिमी त उभिनु पर्ने हाे
अझ दाैडनु पर्ने
र सगरमाथा विजय गर्नु पर्ने
तर केही किलाेमिटर हिँडेर
विलाैना गरिरहेछाै खुट्टासँग
नबिर्सन...
तिमी खुट्टा मात्र हैनाै
अनि बार बार पैताला हिर्काउँदै
बिर्सिरहेछाै की
तिमी त शरिर-ब्रम्हाण्ड
दिशा निर्देश गर्ने मस्तिष्क हाै
जहाँ सूर्यसरी अाँखा
सङ्गीतसरी बाेलि
नदीझैँ गड्गडाहट धड्कन
अनि बेगवान् वायुकाे स्वास
तिमीलाई
प्रेमिल मुस्कान
अद्भूत जीवन
र असङ्ख्य सपनाहरु
थपक्क-थपक्क
अञ्जुलिभरि चढाइरहेछन्
त्यसैले
मुठ्ठि पारेर ती हत्केलाहरु
तिमीले
बुर्कुसी मारेर
घाम डुब्दा नडुब्दै
पृथ्विकाे अर्काे पाटाे पुगेर
समात्नुछ उषाका नव किरणहरु
किनकी
म फेरि भन्छु
तिमी ब्रम्हाण्ड हाँक्ने
सुन्दर मस्तिष्क हाै
अाे प्रिय ।।।
०४. फाल्गुण. २०७५/ १६. फेब्रवरि. २०१९/ शनिबार
Comments
Post a Comment
Thank you. I am pleased to hear from you. Please keep motivating me.