भ्रम

भ्रम



१. जसरी तिम्राे

तिरस्कारले

मभित्रकाे तिम्राे प्रेम

कहिल्यै रित्तिएन

त्यसरी नै

तिम्राे

क्षमाका अाग्रहहरुले

मेराे हृदयकाे चाेट

निकाे हुनेछैन

त्यसैले

प्रेम र चाेटकाे

अद्भूत द्वन्द्व

याे जीवन

मज्जा-नमज्जा

नमज्जा-मज्जाले

जिइरहेछु

कहिले झरि बनेर

कहिले डढेलाे बनेर ।।


०३. डिसेम्बर. २०१८/ अाईतबार



२. तिमी थियाै

म थिएँ

र हाम्राे प्रेम थियाे

त्याे बेला

त्याे प्रेम

खुसीकाे वसन्त थियाे

थियाे अानन्दकाे पवन

अहिले

म छु

तिमी छैनाै

अनि त्याे प्रेम

अझै छ

तर...

तड्पाउँछ

सताउँछ

त्यसैले

त्यागिदिन्छु

म हुनुकाे अननुभूति

ताकी नरहाेस् प्रेम

नरहाेस् तड्पन र सतावट

तर तिमी चै रहनु

किनकी तिमीले

प्रेम बुझ्नु छ ।।



१०. पाैष. २०७५


Comments