बुद्ध, गाेर्खाली र नेपाल


बुद्ध, गाेर्खाली र नेपाल

naturallydeepak








हामीसँग १२३ भाषाभाषी छ हाै अनि छ ८८६ प्रजातिका पंक्षी र ५८ स्तनधारि । तेति मात्र कहाँ हाे र ६५०० प्रकारका फूलहरु अनि ६५० पुतलीहरु पनि छन् ।  सगरमाथालगायत अाठ उच्च हिमश्रृङ्खलाहरु छन् जाे ८००० मिटरभन्दा अग्ला छन् र ६००० जति नदीनालाहरु । यसमा हामी सबले दिल खाेलेर गर्व गराैँ । तर यसाे हेराैँ न हाै संसारमा कहाँ केके छ ? पपुवा न्युगिनिमा ५०० भन्दा बढि भाषा छन् अनि छन् अनेकन जाति र असङ्ख्य पशुपंक्षी । माैसम पनि उतिकै अानन्ददायि । नजिकै रहेकाे ईन्डाेनेसियाकाे विचार मात्र गर्दा नि जीव-जन्तुहरुकाे अनेकाैँ प्रजाति देखेर हाम्राे हाेशै उड्छ । अमेजनकाे जङ्गल र अफ्रकि घाँसे मैदान त चिहाउन बाँकि नै छ । हाम्राे छिमेकि भारतमा पनि कला र सँस्कृतिकाे भण्डार छ । 



अब गाेर्खालि सेनाकाे बहादुरिमा हाम्राे मन नाच्ला । अवश्य नै बहादुरि देखाकै हाे हामीले; पहिलाे र दाेस्राे विश्व युद्धमा । यसमा शङ्का नै छैन । तर हामी जतिकाे वीर अरु नभाकै हुन् त?? पन्जाबि सेनाहरुकाे ऊ बेलाकाे लडाईँ हाेस वा चिनियाँ जनमुक्ति सेना अनि रसियाली लाल सेनाकाे बहादुरीकाे ईतिहास हाम्राेभन्दा कति पनि कम छैन । हाम्राे वीरता त सन् (1 November 1814 – 4 March 1816) काे 'अङ्ग्रेज नेपाल युद्ध' पश्चात् कतै लुकेकाे छ । हरायाे भन्दा नि हुन्छ । ती विश्व युद्धमा पनि हामी अरुकैलागि लड्याैँ । जबकी चिनियाँ र रसियाली याेद्धाहरु अाफ्नाे मुक्तिकाेलागि लडे । हामी पनि निडर भएर लडेकै हाे तर अब गर्व यतिमा मात्र गरेर नबस्ने कि ? 



हामी हिजाे कसै उपनिवेश नबने पनि अाज हामी कहाँ छाैँ? नेपाली भाषामा २ मिनेट बाेल्न पनि हामी नसक्ने भै सकेका छाैँ । अब राई, लिम्बू, गुरुङ्ग, तामाङ्ग, थारु, नेवार, चेपाङ्ग लगायत भाषा बाेल्न त निकै मेहनत गर्नु पर्ने भैसकेकाे छ । याे चैँ उपनिवेश हैन र?  अब कला र सँस्कृति हाम्राे कहाँ हरायाे हरायाे? अब पनि हामी अझै नसाेच्ने र? मेराे मतलब अरुकाे सिक्नु हुन्न हैन । अाफ्नाे पनि नबिर्साैँ । 

हामीले गर्व गर्नुपर्ने अर्का व्यक्ति बुद्ध हुन् । हुन त हामीले उनकाे शिक्षा बिर्सि सकेकका छाैँ । तर उनी अगाडीका क्रकुछन्द बुद्ध र कनकमुनि बुद्ध जाे लुम्बिनिनजिकै ताैलिहवा र गाेटिहवामा जन्मेका थिए । यी दुई बुद्धलाई त कतिले चिन्न पनि सकेका छैनाैँ । हामीले यी तीनैजनाकाे बारेमा गर्व गर्नु पर्ने हैन र? अझ यी बाहेक अरु पनि थुप्रै देशमा धेरै बुद्धहरु जन्मेका छन् । उनीहरुकाे बारेमा पनि खाेज गर्नुपर्ने हैन र?



मैलेे यहाँ भन्न खाेजेकाे, हामीले हाम्राे धराेहर र सम्पत्तिमा गर्व नगराैँ हैन । बरु हामीसँग के छ मात्र नभएर के छैनअरुसँग के के छ भनेर खाेजेर अाफूलाई उन्नतिकाे पथमा लाने बेला भैसकेकाे छ  भन्न  छ

Comments