किशाेर राना मगर

किशाेर राना मगर





मान्छेले मान्छेलाई मान्छे नमान्ने

याे युगमा

मान्छे बन्न

किन

मरिहत्ते-मरहत्ते गर्छ

किशाेर राना मगर ?

किन ऊ सुन तस्करि गर्दैन ?

किन ऊ मान्छेले

अाफूजस्तै मान्छेलाई लुट्ने

नेता बन्दैन ?

बरु

काेरियाकाे सिरेटोमा

मालिककाे साग गाेडिरहन्छ

अनि

खाँडिकाे उखर्माैलाे गर्मीमा

सडक पसिनाले भिजाइरहन्छ

अाे!!!

किशाेर राना मगर

अाऊ न हाै

ठमेलकाे डिस्काेमा तरुनीसँग

अङ्गालाे-अङ्गालाेमा

सिङ्गाे रात काटिदेऊ

वा जुवाकाे खालमा

घर-बारि हारिदेऊ

अथवा

रक्सिकाे तालमा

हुर्रा नाच्दै

ढुन्मुनिदै- ढुन्मुनिदै

घर पुगेर

तिम्राे प्रियसीकाे कपाल लुछिदेऊ

छाेराछाेरीकाे भात घाेप्टाईदेऊ न हाै

ए हाेई

कत्ति बाेक्छाै ईमानकाे भारि ?

अनि कैले टुट्छ तिम्राे

धैर्यकाे बाँध ?

अाे किशाेर राना मगर !!!

बन्द गर तिम्राे बुद्ध-मुस्कान

त्यागिदेऊ येशु-माैनता

    तिमीले

अागाेकाे लप्काहरु अाेकल्दै

जात

धर्म

लिङ्ग

वर्ण

अनि शक्तिकाे

व्यापार गर्ने

मान्छेजस्तै देखिने

अमान्छेहरुकाे

लु न हाै

सफाया-सफाया गर्नैपर्छ

कल्कि अवतार लिएर

अाे किशाेर राना मगर !!!

किनकी

याे कलिजुक हाे नि लैलै ।।।


१२. कार्तिक. २०७५/ २९. अक्टाेर. २०१८/ साेमबार /०७.४२ पि.एम


Comments