अभिव्यक्ति

अभिव्यक्ति 



स्वच्छ पवन बनिदेऊ  
म सुवास भै मिसिदिउँला 
अनि दूर—दूर सुवास छर्दै 
 मिलनको सार्थकता खोजौँ 
के भन्छौ मलाई सबै स्विकार्य छन् 
आखिर ती मीठा मुस्कानहरु नै त हुन्
आखिर ती कोमल स्पर्शहरु नै हुन् 
जुन मलाई आफ्नै लाग्ने गर्छन् । 

साँचै सम्भव भएसम्म 
निर्मल पानी बनिदेऊ 
 म कतै झर्ना कतै नदी बनिदिउँला 
अनि समुद्रको यात्रामा हामी रमाउँदै 
सँग—सँगै जाऔँला  
यात्राभर कहीँ प्यास मेटाइदिऔँ 
कहीँ हरियाली जगाईदिऔँ 
अनन्तका ती तृष्णाहरु 
हामी मेटाउँदै अघि बढौँ 
म त्यही गरुँला 
अाखिर सागरमा मिसिएर 
हामीले हाम्रो जीवनको मीठाष्ता भेटौँला 
निकै लामो समय आनन्द 
मीठा मीठा यादहरु सङ्गाल्दै 
 सागरमा समाहित भै रमाऔँ 
नभुल आखिर एकदिन  
सागरबाटपनि छुट्टिएर जानु छ 
फेरी कहाँ, कता हाम्रो मिलन होला ?


Comments