बाँझाे
बाँझाे खेतहरुमा
विशाल घरहरु उम्रन थालेपछि
यसमा लटरम्म फलेका
फल-मान्छेहरु
मेसिन बने
अनि
बाँझै बाँझाे२
बाँझै बाँझाे२
सपना बाँझाे
मन बाँझाे
माया बाँझाे
कहाँ पाउनु धानजस्ता ?
लहलहाउँदाे
चुवाजस्ता
सुगन्धित
प्रेम-मान्छे
ज्ञान-मान्छे
त्यसैले उजाड बाँझाे
मस्तिष्कहरुमा
हत्या
बलात्कार
युद्ध
सिस्नु जसरी
घना-घना हुँदै छ
अब,
काेरियामा बग्दै गरेकाे काेशी
अरबमा लमतन्न तन्केकाे गण्डकी
र युराेपभरि छरिका महाकाली
फिर्ता गरेर
याे बाँ.....झाे भूमीमा फलाउनुछ
रसिलाे
पाेसिलाे
प्रेमिल
मान्छेहरु
किनकी म
तिमीले विश्वास नगरेकाे
साँचै विश्वासै नगरेकाे
याे बाँझै, बाँझाे
माटाेकाे
अचाडुँ सिउँडी हुँ ।
Comments
Post a Comment
Thank you. I am pleased to hear from you. Please keep motivating me.