वसन्त
पहिलाे पटक
साडी लगाएर
भर्खर १६ पुगेकी
नव याैवनाकाे चाल झैँ
शरिरकाे ताल झैँ
छड्के अाँखा बनाउँदै
मुसुक्क मुस्कान छरेर
कर्के अाँखा पारेर
लजाउँदाे अदाजस्ताे,
मुना उमार्दै
फूल फुलाउदै
तर पहिलाे पटक लगाएकाे
बेढङ्गे- अमिल्दाे साडीजस्ताे
खडेरि र हुरिमा
धुलाे उडाउदै
जङ्गलभरि बहुला डढेलाे छर्दै
अनि कालाे
हेर्दै कागजस्ताे
रिस उठ्दाे
नपत्याउदाे
मनै नलाेभ्याउने काेईलीलाई
सर्वाेत्तम धून बजाउन लगाउदै
मनै चुडाउदै
किन ?
किन अाउँछ वसन्त ??
उफ् !!!
२२. असार. २०६८/ बुधबार
Comments
Post a Comment
Thank you. I am pleased to hear from you. Please keep motivating me.