भिमु अभियान (२०७५)
![]() |
नेचुरल्लीदीपक |
२७. मङ्सिर. २०७६/ १३. डिसेम्बर. २०१९/ शुक्रबार
अनि सुरु गरियाे राेसितिरकाे यात्रा । हामी फाेन सम्पर्कमै छाैँ । सानाे पुल पार गर्न त निकै सकस नि हाै । उकालाे डर लाग्दाे बाटाे । एक ठाउँमा त हामी सबै अाेर्लेर हिँड्छाैँ पनि । १० बजे पुग्ने लक्ष्यमा हामी हिँडेकाे त हाे तर १ बजे पाे पुगियाे नि । हाहा !! अनि हेड सर खड्ग लामाकाे घरमा दाल भात तरकारि खान्छाैँ, समूहमा । मेराे मासुकाे कचाैरा थमाउँछु कैलाश जीलाई । मख्ख उनी ।। खानाकाे मजा त याे पाे हाे नि लैलै । अब कार्यक्रममा स्थलतिर लागियाे ।
गुटुङ्गुटुङ् कार्यक्रम सञ्चालन गरे बमजिले । कविता भन्ने पालाे मेराे रैछ पहिलाे नम्बरमा । अनि नाच्ने, गाउने, हँसाउने अनि कविता वाचन गर्ने शिलशिला राेकिए पाे । सिमसिम परेकाे पानी सुरुबाटै पछि त झन् बाक्लियाे तर हाम्राे कार्यक्रमलाई राेकेन ।बिचबिचमा साथ दिए स्थानीय कलाकारहरुले । माेनिकाकाे कविताले भुतुक्क हामी त । ५ बजेभित्र नै कार्यक्रम सकियाे जबर्जस्ती हाै । बिचमा अाएकाे चियाकाे चुस्कि म बिर्सन्नँ । बाटाे चिप्लाे भएकाेले बस अगाडि नै तल राेसि झरिसकेकाे थियाे ।म, ठुली नाना, शनि दिदी, सुनिताजि, भुपाल दाइ अमर वान्तु दाइकाे जिपमा झर्छाैँ तलतिर । बिचबिचमा साथीहरु भेटिन्छन् । बाटाे अप्ठ्याराे छ । अनि केहीबेरमा पुग्छाैँ हामी । म भने बसमा नै चढ्न अाउँछु । मज्जा लिन साथीहरुसँग । गीत गाइन्छ र गरिन्छ अनेक ठट्टाहरु । निकै रमाइलाे पाे भयाे त हाै । साथमा मकै अनि अलिअलि बियर खाइदिन्छु । हाम्राे याे रमाइलाे ईन्द्र जिजिविषाले खिच्छन् क्यामेरामा । अनि हाम्राे खाना खाने रिमठिम रेस्टुरेण्टमा पुगेर सक्छाैँ रमाइलाे । लाइभ म्युजिक र खाना अनि साथीहरुसँग खाना सकेर बिदा भएर लाग्छाैँ हामी ट्याक्सिमा; म, ईन्द्रजि, शनि अान्ने, विष्णुजि एकसाथ र झरि परिरहेछ । ड्राइभर रहेछन् मजाकाे । नाम टीका । राम्राे गफगाफ भाे । घर पुग्दा त १०:३० भएछ ।
धन्यवाद भिमु मेमाेरियल ट्रष्टका अध्यक्ष जानुका नाना, बम जि, विष्णु सर, कैलाशजि, सन्नि नाना, ईन्द्रजि, भुपाल दाइ, स्वप्निल जि, ठुली नाना, अमर वान्तु दाइ, रिमाजि र अरु सब कलाकारहरुलाई । निकै रमाइलाे भाे अनि अविस्मरणिय ।।।
यात्रा त दीपक सर सँग गर्नु औधी मज्जा । राम्रो स्मरण सर
ReplyDelete