मानव सभ्याताकाे विकास र उन्नतिकाे बारे अनेकाैँ विचार र तथ्यहरु सार्वजनिक भएका छन् । यसमध्ये प्राचीन् सुमेर (मेसाेपाेटामिया, अर्थात् अाजकाे ईराक) सभ्यताकाे इतिहास अध्ययन गरेर सिटचिन जेकरियाले( SITCHIN ZECHARIA) द ट्वेल्थ प्लानेट (THE TWELFTH PLANET) पुस्तक प्रकाशन गरे पश्चात् मानव सभ्यताकाे अद्भूत तथ्यहरु सार्वजनिक भए । यसै विषयमा मानव विकासकाे क्रममा हाेमाे स्यपियन्स (HOMO SAPIENS) पश्चात् अचानक सभ्य र विकसित मान्छेकाे उत्पति भएकाे देखिन्छ । यही कुरालाई मानवशास्त्रिहरु अनाैठाे मानिरहेका छन्, अचानक सिकार र खाना सङ्कलन गरि घुमिहिँड्ने मानव समूहबाट यसरी क्रमभङ्ग (THE MISSING LINK) भएर बाैद्धिक मानव कहाँबाट अायाे ? यही प्रश्नकाे जवाफ जेकरियाले अाफ्नाे लामाे खाेजद्वारा प्रस्तुत गरेका छन् । र याे लेख पनि यही खाेजमा अाधारित छ । (नाेट): सुमेर शब्द शुमेर शब्दबाट अाएकाे, जसकाे अर्थ संरक्षककाे भूमि हुन्छ- "द ल्याण्ड अब् वाचर्स ।"
सुमेर सभ्यताका प्राप्त लिखाैैटहरु (माटाेका ट्याब्लेटहरु) अध्ययन गरेर अनेकाैँ तथ्यहरु सार्वजनिक भएका छन् । चन्द्र र सूर्य गरेर अाज पनि हामी ११ वटाहरु ग्रहहरु रहेकाे मान्यता राख्छाैँ । जबकी उसैबेला निबिरु (NIBIRU; अहिले यसलाई planet-X भनी वैज्ञानिकहरुले नाम दिएका छन्) नामक अर्काे ग्रह पनि रहेकाे र याे ग्रह पृथ्वि बन्नु अगाडिकाे ग्रह टियामेट (TIAMET)सँग ठाेक्किएर केही एस्टाेरियड्स (अाकाशिय पिण्डहरु) बन्न पुगेकाे र बाँकी रहेकाे भागबाट पृथ्वि बन्न गएकाे तथ्य पत्ता लागेकाे छ । यही निबिरु नै अनुनाकीहरुकाे अाफ्नाे ग्रह भएकाे तथ्य पनि खुलेकाे छ । याे ग्रह पृथ्विभन्दा ६५०० गुणा ठूलाे र सूर्यकाे कक्षभन्दा याे ग्रह मात्र ६५ गुणा सानाे रहेकाे बुझिन्छ । यति ठूलाे अाकारले गर्दा यसले पृथ्वि र सूर्यमा प्रभाव पार्ने क्षमता राख्छ ।

साथै अनुनाकीहरु (ANNUNAKI ) पृथ्विमा अाएकाे कथा पनि (अनुकाे अर्थ अाकाश/सूर्य/ स्वर्ग/ उज्यालाे, नाकाे अर्थ अाउनु र कीकाे अर्थ पृथ्वि हुन्छ) भेटिएकाे छ । उनीहरुकाे ग्रहकाे(निबिरु) साैर्यमण्डलमा अाइपरेकाे विनाशकाे समाधान गर्न सुन अावश्यकता परेकाे हुनाले पृथ्विमा सुन सङ्कलन अाएका हुन् भन्ने तथ्य भेटिएकाे छ । अाजकाे वैज्ञानिक अनुसन्धान अनुसार हाम्राे अाेजाेन सतहमा भएकाे भ्वाङ्ग टाल्न सुन प्रयाेग गर्न सकिने तथ्य फेला परेकाे छ । उनीहरु अाउँदा काम गर्ने समूह(दाेस्राे दर्जाकाे अनुनाकी जसलाई ईगिगि भनिएकाे छ) पनि अाएकाे देखिन्छ तर केही समयपछि उनीहरुले काम गर्न नमानि विद्राेह गरेकाेले नयाँ कर्मीहरुकाे विकास गरिएकाे थाहा पाइन्छ । याे घट्ना नै अाजकाे मानव निर्माणकाे सुरुवात हाे भनी बुझ्न सकिन्छ ।
यही कारणले गर्दा पहिलाे पटक उनीहरुले अादम(अादमु) काे विकास गरे । अर्थात् मानव उत्पत्ति गरियाे । अादमुकाे अर्थ सुमेर भाषामा 'पहिलाे' हुन्छ । यसरि अादमुलाई त्याे बेलाकाे (३ लाख वर्ष पहिले) हाेमाे स्यापियन्सकाे जिन र अाफ्नाे समुदायकाे (अनुनाकी) जिन प्रयाेग गरि प्रयाेगशालामा उत्पादन गरिएकाे मानिन्छ । र एन्कीलाई (अनुनाकी) मानव उत्पत्ति कर्ता मानिन्छ । तसर्थ अादम (हिब्रु शब्द) वा अादमु (सुमेर शब्द) पहिलाे टेस्ट-ट्युब बेबि हुन् । याे कथा बाईबलसँग मिल्छ अर्थात्-'परमेश्वरले अाफ्नाे स्वरुपमा अादमलाई बनाए नकि कुनै जीवबाट विकास भइ मानव उत्पति भएकाे हैन ।' पहिले, मानव सन्तान उत्पादन गर्न असक्षम बनाइए तर पछि धेरै कामकाेलागि धेरै मानव अावश्यकता भएकाेले त्याे क्षमताकाे(प्रजनन) पनि मानवमा विकास गरिएछ । समयक्रममा मान्छे बुद्धिमान र सुन्दर हुनपुगे तसर्थ अनुनाकीहरुले मानव नारीसँग बिहेगरि सन्तान उत्पादन गर्न लागे । यी हाईब्रिड सन्तानलाई बाईबलमा जाईन्ट भनी लेखिएकाेछ, उनीहरु अाधा अनुनाकी र अाधा मानव हुन् । यी मानवभन्दा अाकारमा ठूलाे भएकाेले जाइन्ट भनिएकाे हाे बाइबलमा । तर सुमेर भाषालाई बुझ्दा 'त्यगिएका'(NEPHILIM- नेेफिलिम्) हुन्छ अर्थात् अर्ध-अनुनाकी भएकाेले उनीहरु पृथ्विमै छाेडिए । यी हाईब्रिडकाे बारेमा पुरानाे करारकाे बाईबलकाे उत्पत्तिकाे पुस्तककाे भाग ६ मा लेखिएकाे छ र यिनिहरु ३० फिटसम्म अग्ला हुने बताइन्छ र यही कारण उनीहरु ७००/८०० वर्ष बाँचेकाे पनि थाहा हुन्छ । यही कुरा ग्रिक कथाहरुमा डेमिगडकाे रुपमा भेटिन्छ, जस्तै हर्कुलस । यसरी मानव ३ लाख वर्ष पहिले एन्कीद्वारा निर्मित भएकाे बुझिन्छ, यस तथ्यलाई अाधार मान्दा । तथापि याे समयावधि बाझिन गएकाे देखिन्छ । (नाेट): सर्वप्रथम दुई खुट्टाले हिँड्न सक्षम जीव हाेमाे ईरेक्टसबाट (HOMO ERECTUS) विकास भइ दुई भिन्न जीव हाेमाे स्यपियन्स् र नियान्डरथ्रल (NEANDERTHRAL) एकै समयमा अस्तित्त्वमा अाएकाे देखिन्छ, तर कालान्तरमा नियान्डरथ्रलकाे अस्तित्त्व समाप्त भएकाे मानवशास्त्रिहरुकाे मत रहेकाे छ ।
यसरी पृथ्विमा हाईब्रिड अनुनाकीहरुकाे बढ्दाे सङ्ख्या र मानव तेज दिमाग लगायत अन्य कारणले अनुनाकीहरु अाफ्नै ग्रह निबिरु फर्कन्छन् करिब ४ लाख वर्षकाे बसाइपश्चात् । अन्त्यमा यी अर्ध-अनुनाकीहरुकाे(हाइब्रिड) विनाश गर्न ३ प्रमुख अनुनाकीमध्ये एन्लिलले पृथ्वीमा जल प्रलय गरिदिन्छन् तर मानव उत्पादन गर्ने अनुनाकी एन्कीले बचाउन एक मानवलाई जहाज बनाई सारा जीव सुरक्षित गर्न सल्लाह दिन्छन् । जलप्रलयकाे याे कथा बाईबल, विष्णु पुराण र किरात जन-श्रुतिमा पनि रहेकाे भेटिन्छ । ती मानवलाई बाईबलमा नाेह(NOAH) र सुमेर ट्याब्ल्टमा उत्नापिस्टिम (UTNAPISHTIM) भनिएकाे छ । साथै अन्य भाषाहरुमा भिन्न-भिन्न नाम देखिन्छ । सुमेर ट्याब्लेट अनुसार सबै जीव नै जहाजमा नलगि उनीहरुकाे जीवित काेष लगिएकाे तथ्य फेला परेकाे छ जबकी हामीले सुन्दै अाएकाे कथनमा हरेक जीवकाे एक-एक जाेडि लगिएकाे थाहा हुन्छ । यसरी उनीहरुले जेनेटिक ईन्जिनियरिङ् सुरु गरिसकेकाे बुझिन्छ ।
तथापि तथ्य अनुरुप निबिरु ग्रह हरेक ३६०० वर्षमा पृथ्विकाे बाटाे भएर जाने र यही क्रममा यसकाे असरमा पृथ्विमा जल प्रलय अाएकाे बुझिन्छ । यही तथ्यलाई अाधार मान्दा पृथ्विमा अब अग्नि प्रलय हुनसक्ने अनुमान बाईबलमा गरिएकाे हाे ।
अनुनाकीहरुले निर्माण, विज्ञान, कृषि, कला, सङ्गीत, गणित लगायत सारा ज्ञान मानवलाई दिएकाे तथ्य यहाँ बुझ्न सकिन्छ । यस्ता थुप्रै तथ्यहरु माटाेकाे ट्याब्लेटमा भेटिएकाे छ । यी ट्यब्लेटहरुमा लेखिएकाे अक्षर चित्रमा अाधारित छन् जुन अाज पनि हामी चिनियाँ खान्जि अक्षरमा भेट्न सक्छाैँ ।
जसरी हिन्दुमा ब्रम्हा , विष्णु र महेश त्रिदेव छन्; ईशाईमा पिता, पवित्र अात्म र पुत्र छन् यी सुमेर अनुनाकीमा पनि अनु(Anu), एन्लिल(Enlil) र एन्की(Enki) छन् । जसमध्ये अनु(सूर्य प्रतीक) सबैभन्दा ठूलाे भगवान्, एन्की मानव निर्माता (माछालाई प्रतीक मानिन्छ), एन्लिलले (सिङ भएकाे ताज लगाउने) जल प्रलय गरि विनाश गरेकाे बुझिन्छ ।
यसरी यी अनुनाकीहरुलाई काम गरि सेवा गर्नु नै मानवकाे प्रमुख काम हुन्छ त्याे कालमा । तसर्थ कामद्वारा नै उनीहरुकाे पूजा गरेजस्ताे देखिएकाेले उनीहरु भगवान् सरह मानिए । यी तथ्यहरु अध्ययन गर्दा यी अनुनाकीहरु नै अाज हामीले पूजा गर्ने भगवान् हुन् भन्ने लाग्छ ।
अनुनाकीहरु मानवभन्दा अग्ला, बलिया र बुद्धिमान् भएकाे ट्याबलेटहरुमा देखिन्छन् । तर कालान्तारमा मानव पनि उनीहरुभन्दा कम बुद्धियुक्त नरहेकाे तथ्य देखिन अाउँछ । यसरी यी अनुनाकीहरु पृथ्विकाेलागि एलियन भएकाे र अाफ्नाे उद्देश्य सकिएपछि अाफ्नै स्थानमा फर्किएकाे बुझ्न सकिन्छ । अाजका खाेजकर्ताहरु पनि एलियन रहेकाे मान्यता राख्छन् । यसरी यश सभ्यताकाे अध्ययन गरेर(सुमेर) मानव उत्पत्ति, भगवान्, एलियन, सभ्यता अादिकाे तार्किक उत्तर प्राप्त गर्न सकिन्छ । साथै, यश तथ्यकाे अध्ययन गर्दा मानव सभ्यता धेरै पहिले नै उच्चतम् अवस्थामा पुगेर अवशान हुन पुगेकाे (सायद जल प्रलयपश्चात्) र अाज पुन: हामी बिस्तारै उही अवस्थातिर लम्किरहेकाे पनि बुझ्न सकिन्छ । याे लेख त केवल जेकरियाकाे विसद खाेजकाे सानाे झिल्काे मात्र हाे । उनकाे खाेजिकाे गहिराे अध्ययन जरुरि भएकाे देखिन्छ ।
२३. चैत्र. २०७५/ ०६. अप्रिल. २०१९/ शनिबार
Comments
Post a Comment
Thank you. I am pleased to hear from you. Please keep motivating me.