जीवन २

जीवन २

नेचुरल्लीदीपक
                        

      मलाई जिउनु छैन न त समय चक्रहरुमा फन्काे मार्नुछ- मलाई जीवनकाे वास्तविक अद्भूत अनुभूतिलाई स्वानुभूतकाे चेतनाले अङ्कमाल गर्नुछ ।
     र त्यहाँ पुग्ने चाहना छ जहाँ जीवन केवल समयकाे परिधिभित्रकाे परिभाषामा सिमित हुँदैन तर भाेगाईका अनुभूतिहरुले यसरी स्पर्श गरेकाे हुन्छ कि जिउनुकाे स्पन्दन प्रत्येक स्वासहरुमा चल्छ र अात्मैबाट तरङ्गित गर्छ ।
     कतै एक्लै हुनु र भइनु एकै हाे कि स्वरुपका अनगिन्ति भिन्नता हाेे ? म बुझ्न सक्दिनँ ।
     एकसराे अनुभूत गर्दा काे कसकाे हाे र ? अनि यदि बुझाईकाे गहिराईमा खाेतल्न थाले लाग्छ काे नै पाे पराई हाे र काे एकभन्दा अर्काे फरक रहेकाे छ ।
     यहाँ, अाजकाे युगसम्म कसले कसकाे सम्पूर्णता प्राप्त गर्न सकेकाे छ र अनि कसले पाे चाहेर अाफ्नाे सम्पूर्णता दिन सकेकाे छ । लिन चाहदाचाहदै र दिन चाहेर पनि यथार्थका सीमाहरुले राेकिदिन्छ र भन्छ- " सीमाहिन् जीवनले असङ्ख्य सीमाहरु पार गर्नुपर्छ "
      र, अर्काेतर्फ यहाँ कसले पाे कसलाई सदा सम्झन सक्छ अनि कहाँ वास्तवमै बिर्सेकाे हुन्छ । सम्झदा सम्झदै बिर्सनु पर्ने र बिर्सेर पनि सम्झनु पर्ने जीवनकाे यथार्थ टकरावमा जीवन ठाेक्कि नै रहन्छ र भाेगाई केवल जीवन मापनकाे एकाई हाे ।

११. कार्तिक. २०७०/ २८. अक्टाेबर. २०१३/ साेमबार

Comments