पा-गल
नेचुरल्लीदीपक
There are two kinds of girls:
First, only girl
Another pa-gal (पा-गल)
वन्लि गल;
पा-गलकाे पाइन्टमा खिसि गर्दै
साडी लगाउँछन्
र, एक-तिहाई शरीर देखाउँदै
सिन्दूर-पाेते-चुरामा सजिएर
"तिजकाे रहर अायाे बरिलै"
भाेकै-तीर्खै नाच्छन्
अनि खुट्टाकाे पानी खाएर
कामना गर्छन्
ला........माे अायु पतिकाे
तर............
ईतिहास साक्षी छ
पा-गलहरु
कहिले हब्बा बनेर विद्राेह गर्छन्
अनि लखिटिन्छन् एडनकाे बगैँचाबाट
मान्छे बन्न
एहाै
मदर टेरेसा बन्छिन्
असङ्ख्य टुहुराकाे भाेक मेट्न
अझ अात्मदाह दिन्छिन्
याेगमाया बनेर
मुर्दा जीवनकाे भत्सर्ना गर्दै
म... पनि
मेरी छाेरीलाई
पा-गल बन्न
अार्शीवाद दिने
पहिलाे पिता बन्न चाहन्छु
किनकि मेरी अामा पनि
पा-गलनै थिइन् ।।
२७. बैशाख. २०७६/ ०९. मे. २०२०/ शनिबार/ १०:४०, विहानी
नखुडाेल, ललितपूर
Comments
Post a Comment
Thank you. I am pleased to hear from you. Please keep motivating me.