तिम्राे प्रेम आगाे बनाेस


तिम्राे प्रेम

आगाे बनाेस्





तिम्राे प्रेम गृष्म बनाेस्

आगाेका लप्काहरु बर्साउँदै

तिमीले

मेराे जीवनका

हरिया वनहरु

दनदनि दन्काउनु

हरेक पटक

हिउँदकाे शितल हिउँहरु

झारिहूँला

उजाड उजाड बुट्यानहरुमा

डाह र रिसका सुनाखरि फुलाअाैँ

आखिर

आजकाे युगमा

प्रेम

कामवासनाकाे आशक्ति

शरीरिक भाेककाे घेरा नाघेर

वसन्त बन्नै सकिरहेकाे छैन

त्यसैले त

सडक, चाेक र गल्लीहरुमा

सन्तानद्वारा त्यक्त

प्रेमहीन्

वृद्ध अामा-बाबाहरु

प्रेमावेशकाे सनकमा

प्रेमातुर कुनै युवाले

प्रेमभय युवतिकाे

जकमक जकमक

चम्किरहेकाे मुहारमा

एसिड प्रहारकाे दृश्य

हेर्न विवश भैरहेछन्

अनि झन्झन्

रेडलाईट एरिया

झिलिमिलि झिलिमिलि

चम्कँदै

सभ्यताकाे पत्तुर मजाक उडाइरहेछन्

सायद

अर्काे पटक

जीवन निर्माणमा

मेराे पुरुषत्वकाे

बेलगाम हैकम

समाप्त गरेर

मेराे प्रेमका हिमपहाडहरु

नदीमा रुपान्तरण गर्ने

आगाे बन्न

के तिमी तैयार छाै ??



१०. असार. २०७६/ २५. जून. २०१९/ मङ्गलबार

Comments