रातभर झरि गुनगुनाई रह्याे
तप्प तप्प
रुखका पातहरु
जस्केलाहरुबाट हामफाल्दै
फुत्त फुत्त
भनिरह्याे
म यात्रामा छु
अाऊ सँगै जाअाैँ
खाेला नदीमा मिसिएर
सागर भेट्न
अनि देख्नेछाै मेराे विशालता
महशुस हुनेछ
अद्भूत साैन्दर्य
हाे त्यही अद्भूत विशालता
म थाेपा थाेपा चुहिरहेछु
तिम्राे अञ्जुलीबाट
बाेकेर मीठाे मीठाे प्यास
सुन्दर सुन्दर अाभास
र ऊ मैले टेकेकाे माटाेमा
बिलाईरह्याे
चुपचाप चुपचाप
Comments
Post a Comment
Thank you. I am pleased to hear from you. Please keep motivating me.