हैन अब बेला भएकाे छ
नवीन विद्राेहकाे बिगुल फुक्ने
सधैँ उहीँ कहानी सुनेर
म वाक्क भइसकेँ
म सीता हुँ
र, बाेल्दैछु प्रागऐतिहासिक नारीत्वबाट
मेराे प्रश्न छ
के रमायण, महाभारत रबाईबल लेख्ने अधिकार
तिम्राे मात्र हाे?
भन अाे पुरुष
अनि कसले दियाे यति ठूलाे एकल अधिकार?
अब म लेख्नेछु नयाँ रामायण
जहाँ मन्दाेदरिले गर्नेछिन्
रामकाे अपहरण
अनि म लड्नेछु महान् भनिएकाे त्याे युद्ध
र दिनुपर्नेछ रामले अग्नि परीक्षा
अनि प्रेमाकुल लक्ष्मणकाे
नाक कान काट्ने छिन्
सुन्दर सुपर्णखाले
खबरदार सीता कसैकाे दास हैन
र भूमी दाह अब रामले गर्नुपर्छ
र अतब्य वनमा रामले लखेटिनु पर्छ
किनकी नयाँ रामायण अब म लेख्नेछु
म अाजकाे सीता हूँ
र हूँ परिवर्तनकाे विराट स्वरुप
किनकी जीवनकाे सुरुवात
र
सृष्टिकाे पालन कर्ता नारी नै हाे
अनि म त्यही अद्भूत नारी
सीता हूँ ।।।
२०. बैशाख. २०७५/ ०३. मे. २०१८/ बिहीबार
Comments
Post a Comment
Thank you. I am pleased to hear from you. Please keep motivating me.