आशा
नेचुरल्लिदीपक
हाेस्
झरून् पूराना गुँडहरु
अाेईलाऊन् फूलहरु
अनि सुस्तरि बताससँगै
भुँइभरि छरपस्टिऊन्
सुकेका पातहरु,
म फगत गर्ने छुइनँ बिलाैना
किनकी !
किनकी !!
अाे प्रिय जीवन
निलाे अाकाशमा
कावा खाँदै प्रेमालापमा
नाच्नेछन् ती गुँडहरु छाेडि
भर्खरै उडेका बचेराहरु
अनि बनाउनेछन् अर्काे वसन्तमा
नयाँ-नयाँ गुँडहरु,
ती
भर्खरै भर्खरै पालुवा लागेका हाँगाहरुमा
मन्द मन्द बताससँगै
बतासिने छन् नवीन नवीन
फूलका सुवासहरु
जहाँ लुप्त लुप्त रहनेछन्
झरेका फूलहरु
अनि सुकेका पातहरुकाे
अद्भूत अस्तित्व
जुन बितेकाे हिउँदमा
माटाेहरुमा समाहित
भएका थिए,
त्यसैले
अाे प्रिय जीवन
निरन्तर निरन्तर हरेक पल
म तिमीमा समाहित भैरहेछु
र, सुकेका पातझैँ
म प्रेमिल सुगन्ध बाेकेर
फुलिरहँला
हरेक वसन्त, सदा सदा ।।।
Comments
Post a Comment
Thank you. I am pleased to hear from you. Please keep motivating me.