साथी

साथीकाे सम्झनामा


ऊ भन्थ्याे
दालमाेठ चिउरा सर्वहारा खाजा
म तिम्राे यादमा अझै
बनिरहेछ सर्वहारा
अाे प्रिय रानामगर ।

त्याे डाँडा र भीरबाट
बाख्राले लडाई झारेकाे ढुङ्गा 
अनि चाउचाउसँगै पाकेकाे झिँगा 
म सम्झन्छु अझै
चाउचाउ पाकेकाे हरेक हरकमा
सुन्दैछस नि शिवे ??

हामीले टेकेकाे नखिपाेटकाे बाटाे
अझै पर्खिरहेछ
म अतुर छु तिम्राे अागमन पर्खेर
सुन्नु छ मैले तिम्राे गीत
काेर्नुछ मैले शब्द माला
पाेख्दैछाै तिमीले कतै पसिना दाना
बगाईदेउ चाँडै जिन्दगिकाे मयल
अाे प्रिय घायल ।।।


म अझै 
बाटैभरि छिल्लिने हुल देख्ने बित्तिकै
सम्झन्छु जिसियमका
पानीजस्ता दुधका चिया
पाँच रुपैँयाकाे समाेसा
अनि फ्राईड राईस
क्या साेलिड थियाे हाम्राे लाईफ
क्या गज्जब थियाे हाम्राे फ्रेण्डसिप
भाेलि के हुन्छ देखेकाे छ कल्ले
अाे प्रिय काले ????

०४. फाल्गुण. २०७४/ नखुडाेल

Comments