आस्था
हजारौँ वर्षहरुका जहाँ
निस्पट्ट अन्धकारलाई ईशा—अल्आह
सुस्तरी स्पर्श गर्दै बुद्ध र महावीर
आस्था अक्करे भीरहरुमा फैलन्छ कृष्णको बाँसुरीको धूनमा
र फुल्छन् आस्थाका नाच नाच्दै हुन्छन्
यथार्थका राताम्मे गुराँसहरु तर मान्छेहरु
र झुल्छन् अहम्ताको धर्ममा
बुट्टयानहरुमा आकर्षक सुनाखरीहरु एक अर्काको शिर छेदन गर्दै
तब त्यसै छताछुल्ल पोखिन्छन् मरुभूमीमा
आस्थाका नव किरणहरु । आस्थाका फूल रोपिरहेछन्,
जब साना—साना हातहरुले र भर्खरै एक हूल चितुवा
सुदूर भविष्यको आस्थाका शाकाहारी
स्वर्णिम गीतहरु बनेका छन् ।।
बलौटे भूइँहरुमा
कोर्दै गरेका हुन्छन्
तब आस्थाका जिजीविषाहरु
सल्बलाउछन् वासन्ति धूनहरुसँग
र जब जग शान्त
भैदिन्छ
तब आस्थाको एउटा पात
शिशिरलाई थेग्न नसकी
सुस्तरी जीवन तलाउमा झरिदिन्छ
अनि वसन्तको मौन अद्भूत धून
तलाउभरी छरपस्टिन्छ
अनि सपनाहरुमा
कर्याङ्कुरुङ आस्थाहरु
विशाल आकाशहरु नाप्दै हुन्छन्
Comments
Post a Comment
Thank you. I am pleased to hear from you. Please keep motivating me.