गाईकाे वक्तव्य

एउटा गाईकाे वक्तव्य






भाे बन्द गर याे नाटक

चाहिदैन तिम्राे  दया

मेराे  अस्तित्व तिमीले बचाउनु पर्दैन,

मेराे पूजा गर

मलाई खाऊ

मेराे चाह हैन

न मलाई साेधेरै गरेकाे हाै

तिमी स्वर्थ पूरा गर

तर कुनै दिन म पनि दुहुनेछु तमीलाई

अनि जाेत्नेछु

टन्लापुर घाममा बँझाे खेतभरि

र खाऊँला तिम्राे मासु

किनकी तिमी स्वयम् घाेषित

मालिक बनेका छाै

त्यसैले त मेराे सारा दूध साेसेर मिल्काउछाै

भाेकै मार्छाे मेरा सन्तानहरु

के अधिकार छ ?

ए दुष्ट मानव!!

मलाई भगवान बन्नु छैन

पूजिनु छैन

न बन्नु छ पकवान नै

बस् मेराे सहअस्तित्व स्विकार

अनि बाँच्न देऊ

नत्र गर्नेछन् हरेक जीवले

तिमीविरुद्ध विद्राेह

र हराउनेछाै तिमी डाईनाेसाेर जसरी

खबरदार!!!


Comments