झुस्लेकिरा


झुस्लेकिरा

म युगाैँ युग

झुस्लेकीरा बनेर बाँच्ने छैन

रुखका पातहरु निल्दै

जीवन जिउने छैन

अनि धूलहरसमा घिस्रिएर

दुःखी हुने छैन

बरु तिमीलाई जिल्ल्याएर

रङ्गिन पूतली बनेर

नाच्नेछु  हरेक फूलहरुमा

वासन्ति हावाहरुमा ।

म पूतली बन्नु

अद्भूत परिवर्तन हाे

र, हाे युग परिवर्तन

जसरी सानाे रुख

बनिदिन्छ अजङ्ग रुख

अनि हरेक फूलका

मधूरस पान गरि

म बन्नेछु जीवन जिजिविषाकाे

एक महान् सहयाेगी

र परागसेचनका

असङ्ख्य खुड्किलाहरु पार गर्दै

बिस्फाेटक बिज निर्माण गरेर

मर्नेछन् ती

सुन्दर सुन्दर फूलहरु ।।

१८. माघ. २०७४/ ०१.फेब्रवरि. २०१८/ बिहिबार

Comments