लाज


लाज



हामी सार्वजनिक शाैच गर्न लजाउँछाैँ

हाम्राे सभ्यताले दिँदैन

तर हे भगवान्

हामी लुटिरहेछाैँ

हे यशु

हामी बेचिरहेछाैँ हाम्राे अात्म

हे अल्लाह

हामी चाेरिरहेछाैँ

हे बुद्ध

हामी मारिरहेछाैँ

त्याे पनि खुलेअाम

सायद सभ्यताकाे उच्चतम् अवश्था

यही हाे,

अब कहाँ पाउनु मान्छेमा

कमिलाकाे एकता

माहुँरीकाे निरन्तरता

र गड्याैँलाकाे साहस

किनकी मान्छे

सर्वश्रेष्ठ जीव हाे ।।

१२.बैशाख. २०७५/ २५. अप्रिल. २०१८/ बुधबार

Comments